झापामा आयुर्वेदिक उपचार सेवा प्रभावकारी
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार ११:४२:५
१ साउन, झापा । झापामा आर्थिक वर्ष २०७९/८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले यसप्रति सेवाग्राहीको आकर्षण बढेको हो । उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १७ हजार पाँच सय ९८ जनाले सेवा लिए । आव २०७८/७९ मा १७ हजार छ सय ६५ जनाले आयुर्वेदिक उपचार सेवा लिएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्रमा ४० देखि ५० वर्ष र ६० वर्षदेखि माथिको उमेर समूहका बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक टेकनाथ अर्यालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ल्याब सेवा, फिजियो थेरापी, उपचारात्मक योग सेवा, जलौका (लिच थेरापी), पञ्चकर्म/पूर्वकर्म लगायतका सेवा उपलब्ध छ । यहाँ ग्याष्ट्रिक, बाथ, उच्च रक्तचाप, मधुमेह, पायल्स, फिस्टुला, फिसर लगायतका बिरामी आउने गरेका छन् । चेकजाँच पछि उनीहरूलाई निःशुल्क औषधि उपलब्ध गराइन्छ ।
कविराज अर्याल केन्द्रमार्फत यहाँका विद्यालयमा आयुर्वेद तथा योग शिक्षासमेत प्रदान गर्ने गरिएको बताउँछन् । झापाको कनकाई नगरपालिका–१ दुर्गापुरमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा हल्दिबारी र भद्रपुरका तीन सय ५८ स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ जडीबुटीजन्य औषधि वितरण गरिएको थियो ।
आयुर्वेद उपचारप्रति सर्वसाधारणको आकर्षण बढे पनि बजेट र पूर्वाधार अभावले प्रभावकारी रुपमा सेवा दिन नसकिएको कार्यालय प्रमुख डा यादवले बताए । सात जनाको स्थायी दरबन्दी भए पनि तीन जनाको दरबन्दी रिक्त छ । हाल केन्द्रमा स्थायी र करारका गरी १३ कर्मचारीले सेवा दिइरहेका छन् । झापामा सरकारीस्तरमा आयुर्वेदिक चिकित्सा पद्धतिमा आधारित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र एउटा तथा सात आयुर्वेद औषधालय छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार