विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट स्थानीयवासीको मृत्यु भएपछि सडक बन्द
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १२:५८:११
३१ साउन, मुगु । राष्ट्रिय विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि कर्णाली राजमार्गका नाग्म गमगढी सडक अन्तर्गत सिंजा सडक खण्ड बन्द छ । उपचारको क्रममा स्थानीयको मृत्यु भएपछि सिंजा सडक खण्डको खाडापानीमा मंगलबारदेखि स्थानीयले सडक बन्द गरेका हुन् ।
साउन १४ गते कनकासुन्दरी– २ मालिकावोता देउतीमाडुमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन तान्ने क्रममा सडकमा रहेको तार ट्रकमा बेरिएर झट्का दिँदा स्थानीय कर्णबहादुर रावत (४१ वर्ष)को मृत्यु भएको थियो । पोलमा तार तान्ने क्रममा ना ५ ख १८८४ नम्बरको मालवाहक ट्रकले सडकमा फिजिएको लाइन नहेरी जबरजस्ती मनपरी ढङ्गले गाडी हाँक्दा दुर्घटना भएको कनकासुन्दरी गाउँपालिकाका वडा नम्बर २ का समाजसेवी रतन बहादुर रावतले जानकारी दिए ।
ट्रकले विद्युतको पोल ढलाइ मृतक कर्णबहादुर रावतलाई सख्त घाइते बनाएको थियो । घाइतेलाई उपचारको लागि प्लेन चाटर्ड गरेर भारतको लखनउ पुर्याइएको थियो । उपचारको क्रममा रावतको मृत्यु भएको थियो । मृतक रावतको पुत्री सहित बालबच्चाको शिक्षा र स्वास्थ्यका लागि ट्रक धनी, ट्रक व्यावसायिक समिति र राष्ट्रिय विद्युत प्राधिकरण अन्तर्गतको दावासिंह जेभीसँग पीडित पक्षसँग छलफल गर्दा कुनै पनि माग सुनुवाइ नभए पछि स्थानीयले सडक बन्द गरेका हुन् । पीडित पक्षले नाग्म गमगढी सडक खण्डको बोताको खाडापानीमा सडक बन्द गरेको र माग पूरा नभएसम्म अनिश्चितका लागि यातायात बन्द गर्ने स्थानीय सविन रावतले जानकारी दिए ।
पीडित पक्षले मृतक कर्णबहादुर रावतका आफन्तलाई क्षतिपूर्ति दिनुपर्ने, मृतकका बालबच्चाको शिक्षा स्वस्थ्य र गाँस बाँसको सुनिश्चितता गर्न र दोषीलाई तत्काल कानूनी कारबाही गर्न माग गर्दै सडक बन्द गरेका हुन् । अहिलेसम्म ट्रक धनी, ट्रक व्यवसायिक समिति र राष्ट्रिय विद्युत प्राधिकरण अन्तर्गतको दावासिंह जेभी कम्पनीले कुनै पनि सुनुवाई नगरेको स्थानीयको गुनासो छ । सडक बन्द हुँदा मुगुको सदरमुकाम गमगढी आउने खाद्यान्न, मालवाहक गाडी र यात्रुगाडीहरु रोकिदा सयौं यात्रुहरु अलपत्र परेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
पुष १७, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार