भवन साँघुरो हुँदा अस्पतालको सेवा प्रवाहमा समस्या
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १३:१५:८
३१ साउन, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । वि.सं २०६४ मा स्थानीयवासीको सक्रियतामा सामुदायिक अस्पतालका रुपमा स्थापना गरिएको उक्त अस्पताललाई वि.सं २०७५ फागुनमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो ।
जिल्ला अस्पतालमा विस्तार गरिएको पाँच वर्ष पुग्दासमेत व्यवस्थित भवन निर्माणले पूर्णता पाउन सकेको छैन । वि.सं २०६४ मा निर्माण गरिएको ट्रष्टको भवनबाट जिल्ला अस्पतालको रूपमा सेवा प्रदान गरिँदै आइएको छ । तत्कालीन समयमा सेवाग्राहीको खासै चाप नहुने गरेकामा अहिले सेवाग्राहीको चाप बढ्दा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।
जिल्लामा बीमा कार्यक्रम लागू भएयता अस्पतालमा थप बिरामीका चाप बढेको उनको भनाइ थियो। बिरामीको चापसँगै विभिन्न नयाँ उपचार सेवासमेत थप्दै जानुपर्दा भवन साँघुरो हुँदै गएको सूचना अधिकारी सुवेदीले बताए । वि।सं २०६४ को अवस्थालाई हेरी निर्माण गरिएको भवन अहिले १६ वर्षपछि पनि सोही संरचनामा सेवा दिनु आफैँमा मुस्किल भएको उनको भनाइ थियो । “पहिले सेवाग्राहीको चाप कम थियो, हाल सेवाग्राहीको सङ्ख्या बढ्दो छ, अस्पतालमा नयाँ–नयाँ रोगको उपचारका लागि सेवा थपिँदै गएका छन् तर भवनको र संरचना उस्तै छ, यसबाट सहजरूपमा सेवा प्रदान गर्न निकै गाह्रो परिरहेको छ”, सूचना अधिकारी सुवेदीले भने ।
जिल्ला अस्पतालमा दैनिक सरदर तीन सय बिरामी उपचारका लागि आउने गरेका छन् । साँघुरो भवनबाट सेवा दिँदा एकै स्थानमा भीड धेरै देखिने गरेको छ ।
जिल्ला अस्पताल भएलगत्तै चार तलको नयाँ भवन निर्माणको काम चार वर्षअघि नै थालिएको भए पनि भवनले पूर्णता पाउन सकेको छैन । भवन निर्माणको काम गण्डकी प्रदेश सरकार र ‘हेचर’ संस्थाको सयुक्त लगानीमा अगाडि बढाइएको थियो । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले रु दुई करोड अस्पताल भवनका लागि विनियोजन गरेको छ । ¥याम्प र ट्रस्ट निर्माणका लागि उक्त रकमबाट काम गर्ने योजना रहेको छ । अन्य काम भने हेचरले नै गर्ने बताइएको छ । उक्त संस्थाले कामलाई गति नदिँदा नयाँ भवन निर्माणमा विलम्ब हुँदै आएको छ ।
दरबन्दी अनुसार छैनन् जनशक्ति
नवलपुरमा रहेको उक्त अस्पतालमा दरबन्दीअनुसारका जनशक्ति नहुँदा समस्या हुँदै आएको छ । पन्ध शय्याको उक्त अस्पताल पचास शय्याको अस्पतालका रूपमा सञ्चालनका लागि तयारी गरिएको छ । एकतीस जनाको दरबन्दी भए पनि हाल १३ जनशक्तिमात्रै रहेका छन् ।
अस्पतालमा दरबन्दीअनुसारको जनशक्ति नहुँदा सेवा प्रवाहमा समेत समस्या हुने गरेको अस्पतालका सूचना अधिकारी सुवेदीले बताए । दरबन्दीअनुसार जनशक्ति आउने हो भने सेवालाई थप प्रभावकारीरूपमा प्रदान गर्न सकिने उनको भनाइ थियोे । दरबन्दी कम हुँदा बिरामीलाई सेवा प्रदानमा समेत समस्या हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार