प्रमुख प्रतिपक्ष दल एमालेका सांसद नआएपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १४:३९:१५
३२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु उपस्थित नभएपछि संसदको सार्वजनिक लेखा समिति बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठकमा एमाले सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बैठक नै बस्न नसकेको हो ।
बैठकमा सहभागी समितिको कार्यकक्षमा पुगेका अन्य दलका सांसदहरु एमाले सांसदको प्रतिक्षमा पौने २ बजेसम्म बसेका थिए । तर त्यसबेला सम्म पनि एमाले सांसद नपुगेपछि बैठक स्थगित भएको समितिका जेष्ठ सदस्य समेत रहेका सभापति अर्जुननरसिंह केसीले जानकारी दिए ।
यसअघिको बैठकमा एमाले सांसद योगेश भट्टराईले लेखा समितिको सभापति चयन नगरे अर्को बैठक एमालेले बहिस्कार गर्ने बताइसकेका थिए । केसीले कोरम नपुगेकाले बैठक स्थगित भएको बताए । उनले लेखा समितिमात्रै नभएर सवै समितिले सभापति पाउनुपर्छ भन्नेमा सवैको एक मत रहेको बताए । आजको समितिको बैठकमा बेरुजू सम्परीक्षणबारे छलफलको विषय थियो ।
बैठक सुरु हुनका लागि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनैपर्छ । एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो । समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् । केसीले सकेसम्म चाँडो समितिले सभापति चयन गर्नुपर्ने बताए । अहिले देखिएका गम्भीर विषयमा सभापति चयन नभई पनि छलफल गर्न कुनै आपत्ति नहुनुपर्ने बताए ।
गत वेशाख १५ मा संसदीय समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन । प्रतिनिधिसभा नियमावली २०७९ अनुसार सभामुखले समिति सभापति निर्वाचनको दिन तोक्नुपर्ने व्यवस्था छ । सभामुख घिमिरेले भने राजनीतिक दलहरूबीच सहमति नभएको भन्दै सभापति चयनको दिन तोकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमाजलाई अगाडि बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छः उपप्रधानमन्त्री सिंह
माघ १०, २०८१ बिहिबार
माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड
माघ १०, २०८१ बिहिबार
भीम रावलको पक्षमा लागेको आरोपमा अछामका ६ जना नेतामाथि एमालेले गर्यो कारबाही
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
भारतमा बलात्कार र हत्या अभियोगमा दोषी ठहर भएका ५ जनालाई मृत्युदण्डको सजाय
माघ ११, २०८१ शुक्रबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
कुवामा डुबेर वृद्धाको मृत्यु
माघ ११, २०८१ शुक्रबार
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
माघ ११, २०८१ शुक्रबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ ११, २०८१ शुक्रबार
प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड
माघ ११, २०८१ शुक्रबार