मुख्यमन्त्री थापाको प्रस्ताव उपसभामुखले मानिनन्, विश्वासको मत ४ गते मात्र लिइने
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १५:२३:२१
१ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउँदो आइतबार प्रदेशसभाबाट विश्वासको मत नलिने भएका छन् ।
उनले भदौ ३ गते आयतबारका लागि विश्वासको मत लिने व्यवस्थाका लागि समय तोक्न शुक्रबार सचिवालयमा पत्र दिएकामा उपसभामुख सिर्जना दनुवारले एक दिन पछाडि धकेलिदिएपछि ३ गतेका लागि राखिएकाे उनकाे प्रस्ताव सरेकाे हाे ।
दनुवारले थापाको पत्रमा भदौ ४ गते सोमबारका लागि विश्वासको मत लिने प्रस्ताव पेस गर्ने कार्यसूचीमा व्यवस्था गर्न तोक लगाइदिएकी छन् ।
प्रदेशसभा नियमावलीको १२८ को १ मा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्न सूचना दिने व्यवस्था छ । उपनियम ३ मा प्रदेश सचिवले सभामुखसमक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय तोक्ने व्यवस्था छ । सभामुख पद रिक्त रहेको हुँदा उपसभामुखले विश्वासको मत लिनका लागि ४ गते दिउँसो १ बजेका लागि तोकेको सचिवालयले जनाएको छ । अब थापाले सोमबार मात्र विश्वासको मत लिने भएका छन् ।
साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।
विपक्षमा एमालेका ४० (उपसभामुखसहित) र राप्रपाका ६ जना सांसद छन् । एमाले प्रस्तावमाथि हुने मतदानमा बराबर बनाएर थापालाई बहुमत पुर्याउनबाट रोकेर संविधान धारा १६८ को उपधारा ३ बमोजिम प्रदेसभाका सबैभन्दा ठूलो दल एमालेको नेतृत्वमा सरकार गठन गर्ने दाउमा लागेको चर्चा कोशीमा सुन्न पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार