रुपन्देहीको टाइगर प्यालेस होटल दुई महिनाभित्र सञ्चालनमा आउने
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १५:३०:१४
१ भदौ, लुम्बिनी । रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनसहित दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ ।
नयाँ लगानीकर्ताका रुपमा आएको हिमालयन टाइगर इन्भेष्टमेन्ट इङ्कले दुई महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन गर्ने योजनासहित काम अघि बढाएको जनाएको छ । गैरआवासीय नेपालीको समूहले स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इङ्कले अष्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण शेयर स्वामित्व लिई नयाँ व्यवस्थापनका साथ टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेको हो ।
टाइगर इन्भेष्टमेन्ट इङ्कले सिल्भर हेरिटेजमा भएको अष्ट्रेलियन कम्पनीको सबै सेयर खरिद गरेको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले आज रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले खरिदबापत सरकारलाई लाग्ने सम्पूर्ण कर र दायित्व तिर्न तयार रहेको समेत जानकारी दिए ।
रिसोर्टमा सुवेदीसहित दीपक गौतम, कुल आचार्य, देब भुसाल र रामजी मरासिनीलगायतको लगानी रहेको जनाइएको छ । अन्य केही लगानीकर्ताहरुले पनि जोडिने अध्यक्ष सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
“अब नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेका छौँ”, उनले भने, “विदेशिएका हामी नेपालीले आफ्नो जन्मभूमिप्रतिको दायित्वबोध गरी यो बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेका छौँ ।”
यसअघि अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्न करिब रु पाँच अर्ब लगानी गरेको थियो । रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिव एक हजार नेपालीले प्रत्यक्ष रोजगारीमा थिए ।
प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित रिसोर्ट आन्तरिक विवाद तथा अदालती मुद्दा मामिलाले बन्द अवस्थामा पुगेको थियो । विदेशमा नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि आफूहरुले नयाँ व्यवस्थापनका साथ रिसोर्ट सञ्चालनमा ल्याउन लागेको अध्यक्ष सुवेदीले जानकारी दिए ।
बैंकहरुको ऋणको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा अष्ट्रेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १५ मिलियन अमेरिकी डलरमा शेयर कारोबार भएको उनले बर्ताए । उनका अनुसार रिसोर्ट सञ्चालनमा प्रारम्भिक अध्ययनबाट शेयर खरिद कारोवार रकम समेत जोडदा करिव रु चार अर्ब खर्च गर्नुपर्ने देखिएको छ ।
पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठूला लगानीका पर्यटन उद्योगहरू धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागी सुखद नभएको सञ्चालक दीपक गौतमले बताए ।
रिसोर्ट सञ्चालनसँगै गैरआवासीय नेपालीमा लगानी गर्ने विश्वास पैदा हुने र प्रत्यक्ष वैदेशिक लगानीको वातावरण समेत निर्माण हुने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वी राजमार्गका होटल व्यवसायीलाई ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम
बैशाख ३०, २०८१ आइतबार
उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार