राजश्व ठगीमा राठी समूहमाथि महानगर र राजश्वको निगरानी, नक्सा पासबिनै पार्टी प्यालेस सञ्चालन
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १८:३२:७
१ भदौ विराटनगर । विगत एक वर्षदेखि नक्सा पास नै नगरी अन्तर्राष्ट्रिय स्तरको पार्टी प्यालेस सञ्चालन गर्दै आएको विराटनगरको प्रतिष्ठित व्यवसायिक घराना बाबा समूहमाथि विराटनगर महानगरपालिका र आन्तरिक राजश्व कार्यालयले राजश्व ठगी गरेको आरोपमा निगरानी बढाएको छ । उक्त समूहले ऐन र कानुनको धज्जी उडाउँदै नक्सा पासबिनै पार्टी प्यालेस सञ्चालन गरी राजश्व छली गरेको भन्दै निगरानी बढाइएको हो ।
बाबा समूहको नामबाट निर्माण सम्पन्न भई सञ्चालनमा आएको उक्त अन्तर्राष्ट्रिय स्तरको सीटी प्यालेसले नियम अनुसार महानगरपालिकाबाट घर नक्सा समेत पास नगरेको पाइएपछि निगरानी बढाइएको बताइएको छ । जसका कारण माहानगरपालिकाकाले संकलन गर्दै आएको घरनक्साबाट लाखौं राजश्वसमेत गुम्न पुगेको छ । यस बाहेक पार्टी प्यालेस संचालन गर्दै आएका मुख्य सञ्चालक पवन राठीले राज्यले तोकेको राजश्व बुझाउनसमेत आनाकानी गरेका छन् ।
आन्तरिक राजश्व कार्यालय विराटनगरले १२ लाखभन्दा बढी रकम गत आर्थिक वर्ष २०७९-२०८० मा नै जरिवाना गरेको थियो । उक्त सिटी पार्टी प्यालेसको राजश्व ठगी घटना उजागर भएसँगै पछिल्लो समय सरकारको आन्तरिक राजश्व कार्यालयदेखि विराटनगर महानगरपालिका समेतले निगरानी बढाउन थालेको हो । राठी समूहले सुनसरी मोरंग औद्योगिक करिडोरमा लामो समयसम्म बाबा समूहका नामबाट विभिन्न उद्योगको स्थापना गरी सञ्चालन गर्दै आएको थियो ।
अहिले विभिन्न कारण उद्योग बन्द भएपछि उक्त समूहले यस्तै गैरकानुनी काम गर्दै आएको छ । उक्त समूहले विभिन्न बैंकहरुलाई पनि गुमराहमा पारेको पाइएको छ । बैंकलाई झुक्याएर सञ्चालक पवन राठी र भगवान राठीले अरबाैं लगानीमा सीटी पार्टी प्यालेस सुरु गरेका थिए । उद्योग चलाउने तर राजश्न नतिर्ने भएपछि महानगरपालिका र आन्तरिक राजश्वले यस समूहको ठगी कार्य खोजी गर्न लागेको हो ।
पछिल्ला केही वर्षदेखि धरासायी अवस्थामा पुगेको यो बाबा समूहमा राठी समुहले अरबाैं लगानी कहाँबाट कसरी ल्यायो र पार्टी प्यालेसको निर्माण सम्पन्न भयो भन्ने कुुरा पनि खोजीको विषय भएको छ । एक वर्षदेखि फेरी उही चर्चित बाबा समूहले विराटनगर–९ मा धनाढ्य समूहलाई लक्षित गरी सीटी पार्टी प्यालेस सञ्चालनमा ल्याएको हो । पाटी प्यालेस निर्माण भएको स्थानमा विराटनगरको सबैभन्दा पुरानो मोरंग राइस मिल सञ्चालनमा थियाे । उक्त राइस मिलका नाममा धेरै लामो समयदेखि सरकारी राजश्व बक्यौता देखा परेको छ ।
उक्त मिलको बक्यौता रकम बाबा समूहबाटै असुलीको प्रक्रियामा जानसकिने निष्कर्षका साथ आन्तरिक राजश्वले अनुसन्धान सुरु गरेको छ । पार्टी प्यालेस निर्माण गर्न दुई अर्बभन्दा बढी खर्च गरेको अनुमान गरिएको छ । विराटनगरसहित छिमेकी मुलुक भारत तर्फका उच्चवर्ग विवाह, वैवाहिक वार्षिकोत्सव लगायतका समारोह गर्न देशबाहिर जाने चलन बढेकाले त्यस्ता उच्च वर्गलाई लक्षित गरेर सीटी प्यालेस सञ्चालनमा ल्याएको हो ।
उक्त पार्टी प्यालेस प्रयोग गरे वापत १२ लाख रकम बुझाउन सञ्चालकले अनिवार्य शर्त राखेको पाइएको छ । जसले गर्दा पार्टी प्यालेसभित्रको आर्थिक पक्ष नै विवादित बन्न पुगेको छ । उक्त पार्टी प्यालेसमा ४१ वटा रुम रहेको र जसमा सुइट रुम र सुपर डिलक्स रुम भनेर अलग्गै थप चार्ज लिने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार