संसारभर एकसाथ रिलिज हुँदै ‘गणपति’
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १२:५२:३८
३ भदौ, काठमाडौं । चर्चामा रहेको फिल्म ‘गणपति’ स्वदेशसहित एकसाथ बिश्व बजारमा प्रदर्शन हुने भएको छ । सेभेन सिज इन्टरटेन्मेन्टले ‘गणपति’ बाट बिश्व बजारमा नेपाली फिल्म बक्स अफिस रिलिजको श्रीगणेश गर्ने तयारी गरेको छ ।
नेपालमा १४ भदौबाट प्रदर्शन हुन लागेको फिल्मको ट्रेलर दर्शकले मन पराएका छन् । दर्शकको चासोलाई ध्यानमा राख्दै आफूहरूले ‘गणपति’ बिश्व बजारमा प्रदर्शन गर्न लागेको जानकारी सेभेन सिज इन्टरटेन्मेन्टका प्रमुख बिनोद पौडेलले दिएका छन् । सेभेन सिज र रिजाल एण्ड रिजाल प्रोडक्शनबीच बिहीबार इन्टरनेशनल राइट खरिद–बिक्री सम्झौता सम्पन्न भएको हो ।
‘गणपति’ क्यानडा,अमेरिका र युकेमा सेक्टेम्बर १ मा प्रदर्शन हुने छ । मिडिल इस्ट,न्युजिल्याण्ड र अस्ट्रेलियाका हलमा १५ सेक्टेम्बरमा प्रदर्शन हुने पक्का भइसकेको छ भने अन्य देशको प्रर्दशन मिति केही दिनमै तय हुने बताइएको छ ।
सेभेन सिज इन्टरटेन्मेन्ट बिनोद पौडल,प्याट्रिक सुवेदी र रमेश ढकालको संयुक्त अवधारणा र लगानीमा स्थापना गरिएको फिल्म बितरण कम्पनी हो । नेपाली फिल्मको अन्तराष्ट्रिय बजार विस्तारका लागि अहोरात्र लागिरहेको यो कम्पनीले निर्माणाधिन थुप्रै फिल्मको अन्तराष्ट्रिय प्रदर्शन अधिकार खरिद गरिसकेको छ ।
‘हामी कन्टेन्ट र मेकिङ हेछौं,’ ‘गणपति’ को बारेमा बताउदै पौडेल भन्छन्,‘कन्टेन्ट राम्रो लागेको र दर्शकले रुचि दिएको पाएकाले छोटो अबधिमै तयारीमा यो फिल्म प्रदर्शन गर्न लागेका छौ ।’ सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल,स्व.जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमीरे,पुस्कर गुरुङ,अंशु मानन्धर,कविता न्यौपाने,देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ ।
रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको प्रस्तुतकर्ता रामप्रसाद र निर्माता लक्ष्मण रिजाल हुन् । कार्यकारी निर्माता बिज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा चर्चित फिल्म एडिटर बनिष शाह रहेको फिल्म हरिबहादुर घलेले खिचेको हुन । फिल्मका गीतमा अनिश अधिकारी,शंकर अधिकारी घायल,देबेन्द्र बब्बु,बाबुल गिरी र सबिन अधिकारीको शब्द अनि अनिश अधिकारीको संगीत छ ।
बिपीन मल्लले सम्पादन गरेको फिल्मको कोरियोग्राफर कविराज गहतराज हुन् । तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको फिल्मको नेपाल बितरण श्रीराम बालाजी फिल्मस् र एफडिले गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
बुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ को घोषणा
पुष १५, २०८१ सोमबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार