'एउटा यात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १४:२२:२९
३ भदौ, काठमाडौं । गायक धर्मेन्द्र सेवानको आवजमा 'एउटा यात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा संगीत रहेको छ । गायक राज के गोस्वामीको कन्सेप्ट तथा अभिनय रहेको भिडियोमा जीवन प्रति आशावादी हुँदै जिउनु नै जीवन हो भन्ने भाव व्यक्त भएको छ।
हुन त गोस्वामी आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन् । उनले 'एउटा यात्रा'को भिडियोमा पनि आफ्नो सोही शैली देखाउने प्रयास गरेका छन् ।
भिडियोमा दिनरात अथक परिश्रम गर्नै यद्यपि, त्यहाँ कहिले कहीँ परिणामहरू अपेक्षा अनुरूप नहुन सक्छन्, जसले निराश र अगाडि बढ्न असहज गराउन सक्छ, त्यस्ता क्षणहरूमा शान्तिलाई अँगाल्न र आफैंमा भरोसा जगाउनु महत्त्वपूर्ण हुन्छ भन्ने कथा पेस गरिएको छ ।
गोस्वामीले यो गीत पछिल्लो समय आर्थिक मन्दी, बेरोजगारीजस्ता समस्याका कारण युवाहरूमा मानसिक स्वास्थ्यमा विचलन आइ अप्रिय कदमहरू उठाउने गरेको अवस्थालाई मध्यनजर गर्दै यो गीत तयार पारेका हुन्।
उनले आशावादी भई जीवन जिऊन प्रेरित हुन भन्ने जोड गीतमा दिएका छन्। 'नेपाल तारा'बाट चर्चामा आएका गायक सेवान नेपाली संगीत क्षेत्रका प्रतिभावान गायकका रुपमा परिचित हुन्।
सेवान र गोस्वामीले अस्ट्रेलियाका विभिन्न सहरहरुमा विभिन्न साँगीततिक कार्यक्रमसँगै केही गीतहरूको श्रृजनामा सहकार्य गर्दै आइरहेका छन् र यो गीत पनि त्यही सहकार्यको निरन्तरता हो। यो गीतको भिडियोलाई सुरज श्रेष्ठ छायांकन, सम्पादन तथा निर्देशन सुरज श्रेष्ठले गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार