पुल नहुँदा विद्यालय र स्वास्थ्यचौकी जान फड्केको प्रयोग
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १५:४१:६
३ भदौ, मनाङ । हिमाली जिल्ला मनाङमा दुई वर्षअघि अधिकांश झोलुङ्गे पुल बाढीले बगायो । नासों गाउँपालिका–५ र ६ जोड्ने पुल हालसम्म पनि नबन्दा स्थानीयवासी आवतजावत गर्न र विद्यालय तथा स्वास्थ्यचौकी पुग्न फड्के प्रयोग गर्न बाध्य हुँदै आएका छन् ।
पुल नबन्दा फड्के बगाउँछ भनेर स्थानीयवासीले दूध खोला बढे फड्के निकाल्ने र खोला घटेमा फड्के राख्ने गर्दै आएका छन् । वडा कार्यालय तथा स्थानीय सरकारले मात्रै यस खोलामा पुल बनाउनसक्ने अवस्था नहुँदा यस्तो समस्या भोग्नुपरेको वडा नं ६ का वडाध्यक्ष ओम गुरुङले बताए ।
दूधखोला र मस्र्याङ्दी नदीको बहाव बढेमा यो फड्के बगाउँछ भनेर निकाल्ने र राख्नेगरी गुजारा चलाइएको गुनासो गर्दै उनले पुल निर्माणमा प्रदेश सरकारसमक्ष बजेट माग गरिएको बताए । झोलुङ्गे पुल नहुँदा यहाँका पाँच वडाका विद्यार्थीलाई विद्यालय जान ज्यानकै बाजी लगाउनुपर्ने अवस्था छ ।
उपचारका लागि बिरामी स्वास्थ्यचौकीमा पुग्न पनि त्यस्तै सकस भएको छ । दूधखोला र मस्र्याङ्दी बढेका बेला वारपार गर्न नसकिने र कोही बिरामी भइहाले झन समस्या बल्झिने गरेकाले प्राविधिक कार्यमा तीनै तहका सरकारले व्यवस्थापन गरिदिए श्रमदान गर्न स्थानीयवासी तयार रहेको वडाध्यक्ष गुरुङले बताए ।
“दैनिक गुजारा टार्नका लागि पनि उनीहरूकै सक्रियतामा फड्के बनाइएकोे हो, पुल निर्माण गर्न पनि यहाँका बासिन्दा तयार छन्, यतिमात्र हो कि बजेट र प्राविधिकको खटाइ आवश्यक परेको हो”, उनले भने, “कुनै पनि त्रास बिना बालबालिका विद्यालयसम्म पुगुन्, बिरामीलाई अस्पतालसम्म सहजरुपमा लैजान सकियोस् भन्ने अपेक्षासहित उनीहरू पुल निर्माणमा श्रमदान गर्न हामी तयार छौँ भन्दै आएका छन् ।”
सरकारबाट बजेटको व्यवस्था हुनासाथ यहाँको पुल निर्माणमा स्थानीयवासी खटिने वडाध्यक्ष गुरुङको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
कलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार