जाजरकोटको विकट बस्ती वर्षौंदेखि तुइनकै भरमा
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार १६:५४:४
जाजरकोट । दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।
नलगाड नगरपालिका–१ ठुलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक तरकारी बिक्री गर्न रिम्नाबजार जान्छन्। तुइनमा झुण्डिएर जाँदा यहाँलाई बाँचिन्छ, कि बाँचिदैन, भन्दै मनमा डरले सातो जाने गरेको छ ।
बजार जानलाई सहज बाटो छैन । त्यस्तै गरी सोही ठाउँकी गोलाबी पुन, पठवीर पुन, टबबहादुर घर्ती र अमर पुनलगायत स्थानीय तुइनको भरमा नदी वारपार गरी बजार आउजाउ गर्न बाध्य छन् । ठूलाबगरका स्थानीयका लागि सदरमुकाम खलङ्गा तथा स्थानीय बजार पुग्न जोखिमपूर्ण तुइन चढ्नै पर्ने बाध्यता छ ।
उनीहरु मात्र हैन । वर्षौंदेखि सयौँ स्थानीय तुइनबाटै जोखिम मोलेर भेरी नदी वारपार गर्दै आएका छन् । आठवीसकोट नगरपालिका–१४ का सिर्जना आधारभूत विद्यालयका शिक्षक ज्ञानबहादुर घर्तीले भने, “ ठूलाबगर, खर्चा, दम्सीला, भित्रखोला, ओडारा, पालीलगायत गाउँका १०० घरपरिवार स्थानीय प्रविधिबाट निर्मित तुइनकै भर वारपार गर्न बाध्य हुनुपरेको छ”, ।
त्यस्तै पश्मिरुकुमको पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेलालगायत ठाउँका बासिन्दा पनि उक्त तुइनको सहयोगले भेरी नदी वारपार गर्दै आएका छन् ।
स्थानीय प्रविधिबाट काठले बनेको ढुङ्ग्रोमा बसी फलामको डोरीमा झुण्डिएर १०० मिटर चौडा भेरी नदी वारपार गर्ने गरेको स्थानीयको भनाइ छ । तुइन तरेरै जिन्दगी बित्न थालेको स्थानीयवासीको भनाइ छ ।
पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको स्थानीयको गुनासो छ । पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा समय लाग्छ । त्यो पनि जोखिमपूर्ण भिरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कतिको ज्यानसमेत गइसकेको छ ।
भेरी नदीमा पुल बनाई दिन विभिन्न निकायमा पटक पटक आग्रह गरे पनि राजनीतिक पहँुच नहुँदा सम्बन्धित निकायको ध्यान नपुगेको ठूलाबगरवासीको गुनासो छ ।
उता नलगाड नगरपालिकाको दुई स्थानमा तुइन सञ्चालनमा रहेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभएको छ । वडा नं १ को ठूलाबगर र वडा नं ८ मैदे मालुवातरामा तुइन सञ्चालनमा छन् ।
पुल बनाउन नगरको बजेटले नभ्याउने हुँदा सङ्घीय सरकारसँग माग गरे पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको नगरपालिकाले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार