नारायण रायमाझी साङ्गीतिक साँझ आयोजना हुने
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १४:५७:३५
५ भदौ, काठमाडौं । वरिष्ठ लोकगायक, सङ्गीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीका आफ्ना गीत प्रत्यक्ष रुपमा प्रस्तुत गर्नका लागि ‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आयोजना हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यही भदौ १५ गते साङ्गीतिक साँझ आयोजना हुने भएको हो । प्रतिष्ठानले साङ्गीतिक साँझको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष रीता थापामगरले स्रष्टाको सम्मानका लागि भदौ १५ गते दिउँसो १ देखि बेलुकी ७ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा साङ्गीतिक साँझ आयोजना गर्न लागिएको बताए ।
उक्त एकल साँझमा रायमाझीले आफूले गाएका उत्कृष्ट गीत प्रस्तुत गर्ने जनाइएको छ । उक्त साँझलाई प्रतिष्ठानले राष्ट्रकै गौरवका रूपमा चित्रण गरेको छ । रायमाझी लोकगीत, सङ्गीत, संस्कृतिको निरन्तर साधक हुन् । रायमाझीले आफ्नो साङ्गीतिक यात्रा भने वि.सं २०४२ सालदेखि सुरु गरेको हो । उनले त्यति बेला कारगिल (रेलिमै) बाट आफ्नो साङ्गीतिक यात्राको सुरुआत गरेको हो ।
उनका फुलबुट्टे चोलीमा, राम्दीपुल तरने बित्तिकै, राम्दी पुल तर्ने, गेटमा वेली जाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलिदेऊ माया, सान्नानीले झुक्यायो मलाईलगायत सयौँ गीत सबैका मन मुटुमा बसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार