अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १२:१५:२०
६ भदौ, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा सन् २०२४ को सेक्टेम्बरमा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आयोजना हुने भएको छ । हाल अमेरिका भ्रमणमा रहेका वरिष्ठ अभिनेता द्वय शिब श्रेष्ठ र सुनील थापाको सम्मानमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाले आयोजना गरेको ‘मिट,ग्रीट एण्ड विसेस् एक्सचेन्ज म्युजिक नाइट’ कार्यक्रममा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा गरिएको हो ।
लामो समयदेखि अमेरिका बस्दै आएका खेलाडी,सफल व्यवसायी तथा समाजसेवी यज्ञलाल श्रेष्ठले आफ्नो कम्पनी गोल्डेन स्टेट मुभी मेकर्समार्फत आयोजना गर्न लागेको ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ ले नेपाली फिल्मको गुणस्तरिय बिकास,अन्तराष्ट्रिय बजार प्रवर्द्धन,बिस्तार तथा कलाकारको सम्मानमा नौलो आयाम थप्ने विश्वास ब्यक्त गरेका छन् ।
अमेरिकामा समाजसेवा, म्युजीक फेस्टिवल आयोजनालगायत सन् २०१९ देखि ग्लोबल फिल्म अवार्डमा विशेष भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले अब भने एकल रुपमा यो अवार्ड आयोजना गर्न लागेका हुन् । उनले ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ निकै ब्यबस्थित,निस्पक्ष,सभ्य,भब्य र सानदार हुने दावी गरेका छन् । ‘हामी पूर्ण ब्यबस्थित,भव्य,निष्पक्ष र सानदार तवरले अवार्ड आयोजना गर्ने योजनामा छौं,’ उनी भन्छन्,‘नेपाली फिल्म तथा कलाकारको अन्तराष्ट्रिय प्रबर्द्धन र विकासमा यो अवार्डले ठूलो भूमिका खेल्ने छ ।’
अवार्डको जुरी कमिटीमा समेत रहेका वरिष्ठ अभिनेता शिब श्रेष्ठले यो अवार्डमा आफ्नो भरपुर,साथ,समर्थन र सहयोग रहने उल्लेख गर्दै सफलताको शुभकामना ब्यक्त गरे । अर्का वरिष्ठ अभिनेता तथा जुरी मेम्बर सुनील थापाले आयोजक यज्ञलाल श्रेष्ठले गरेको बिगतका हरेक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको स्मरण गर्दै यो अवार्डले नयाँ उचाइ हासिल गर्ने विश्वास ब्यक्त गरे । ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ को जुरी तथा संयोजन टिममा अभिनेता श्रेष्ठ तथा थापाका साथमा चर्चित अभिनेत्री,निर्मात्री,निर्देशक दीपाश्री निरौला र बरिष्ट चलचित्र पत्रकार,फिल्म लेखक,निर्माता अनि निर्देशक लक्ष्मण सुवेदी रहेको जानकारी गोल्डेन स्टेज मुभी मेकर्सले दिएको छ ।
बर्कलीस्थित हिमालय फलेभर रेस्टुरेन्टमा अगस्त २० मा आयोजीत कार्यक्रममा अभिनेता द्वयसँग भेटघाट,भलाकुसारी गर्न र फोटो खिच्न बिभिन्न स्टेटबाट शुभचिन्तकहरुको भीड लागेको थियो । अमेरिकामा पनि आफूहरुले दर्शकहरुबाट त्यति धेरै साथ,सम्मान र माया पाएकोमा अभिनेता द्वय भावुक भएका थिए । आयोजक यज्ञलालले शिब श्रेष्ठ र सुनील थापाजस्ता लिजेन्डलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।
कार्यक्रममा वेस्ट कोस्ट रिजनल कमीटी (एनआरएनए युएसए) का अध्यक्ष बिष्णु केसी,तामाङ सोसाइटी क्यालिफोर्निया नव निर्वाचित अध्यक्ष सुरज पाख्रिन,एनआरएनए च्याप्टर क्यालिफोर्नियाका सदस्य तेजेन्द्र बराल र एनआरएनए आइसिसि सदस्य बिन्दू निरौला सापकोटालाई गोल्डेन स्टेट मुभी मेकर्सका तर्फबाट सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने
पुष १८, २०८१ बिहिबार
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम
पुष १५, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार