एमाले र राप्रपाले गरे कोशी प्रदेशसभा बैठक बहिष्कार
बैठक अनिश्चितकालका लागि स्थगित
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १६:२४:१२
६ भदौ, काठमाडौं । कोशी प्रदेशसभाको बैठक स्थगित भएको छ । उपसभामुख सिर्जना दनुवारको अनुपस्थितिमा ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले बैठक संचालन भएको जानकारी दिए लगत्तै प्रतिपक्षी दल नेकपा (एमाले) र राप्रपाका सांसदहरुले उठेर विरोध गर्दै बैठक छाडेर बाहिरिएपछि बैठक अनिश्चितका लागि स्थगित भएको हो ।
आजको बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो ।
भदौ ४ गते मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत लिँदा मन्सुरीले बैठक संचालन गरिरहेका अवस्थामा मत दिएर असंवैधानिक कदम चालेको भन्दै एमाले र राप्रपाले बैठक बहिष्कार गरेका छन् ।
दुवै दलका सांसदहरुले सभाध्यक्ष मन्सुरीविरुद्ध नाराबाजी समेत गरेका थिए । प्रतिपक्षको कुर्सी खाली भएपछि सभाध्यक्ष मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।
एमालेले मुख्यमन्त्रीको विश्वासको मत बदरको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गराउने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार