सरकारमा बस्नेहरुले नै साम्प्रदायिकताको नारा दिएर जनता जुधाउन खोजिरहेका छन् : केपी ओली
‘माकुराको जालोमा भैंसी पार्न खोजिरहेका छन्,’
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १४:१९:२४
७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्ने जिम्मेवार व्यक्तिहरुले सांप्रदायिक नारा दिएर जनतालाई जुधाउन खोजेको आरोप लगाएका छन् ।
बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भक्तपुर जिल्ला बृहत भेलामा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड र सरकारका घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न विषयमा जाति र साम्प्रदायिकताको नारा दिएर जातीय भडकाउ ल्याउने कोशिस गरिरहेको बताए ।
‘अहिले देख्नुहुन्छ, नि, सरकारमा बसिरहेका प्रचण्ड, माधवहरुले जातीयताको कुरा उठाएर सांम्प्रदायिकता द्वन्द्व चलाउने प्रयास गरिरहेका छन्’ उनले भने, ‘त्यसकारण तालिम पार गरेर आएका व्यक्तित्व र सहकारीमा विश्वास गर्ने महानुभावहरुले सचेतता पूर्वक अगाडि बढाउन जरुरी छ । ध्यान दिनुस् ।’
पछिल्लो समय प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र नेपाल नेतृत्वको एकीकृत समाजवादीले कोशी प्रदेशको नाम परिवर्तन गरेर पहिचानको आधारमा नामाकरण गर्ने योजनासाथ अगाडि बढिरहेका छन् । कोशी प्रदेशमा मुख्यमन्त्री पद सम्हालिरहेको नेपाली कांग्रेसले समेत कोशी नामप्रति असहमति जनाउँदै आन्दोलन गरिरहेका जातीय संस्थाहरुको माग सम्बोधन गर्ने बताइसकेको छ । ओलीको भनाइ पहिचान पक्षधरप्रति लक्षित रहेको सहजै अनुमान लगाउन सकिन्थ्यो ।
बन्दुक, गोली चलाउन जान्नेहरुको सीप, मेहनत र अनुशासन मुलुक विकास र समृद्धिमा लगाउनु पर्ने उनको भनाइ थियो । सहकारी नै सहकार्यको अवधारणा रहेको बताउँदै अनुशासन बिग्रिदा सहकारी भत्किने उनले बताए । उनले कोशीमा प्रचण्ड र माधव नेपालहरूले नुवाकोटमा साढे जुधाए झैँ जनतालाई जुधाएर सामाजिक सहिष्णुता भंग गराउने काममा विभिन्न पार्टीहरूले कार्यकर्ता खटाइरहेको बताए ।
यस्तै ओलीले सुन तस्करीमा एमालेको माग अनुसार उच्च स्तरीय छानबिन समिति गठन हुने भएको बताए । सरकार पक्ष आयोग एक महिनापछि मात्र गठन गर्ने अडान राखेका कारण ढिलै भएपनि आयोग हुनेतर्फ विषय अगाडि बढेको बताए । बुधबार भएको राष्ष्ट्रिय दलहरुको बैठकले आगामी असोज ५ गते सुन तस्करीका सबै घटनामाथि छानबिन गर्न आयोग बन्ने सहमति भएको थियो । सहमति पछि एमालेले संसद बैठक अवरुद्ध पार्न छाडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए
जेठ ८, २०८१ मंगलबार
रोप्नका लागि तयार पारेको धानको ब्याड
जेठ ८, २०८१ मंगलबार
लमजुङ हिमाल र डाँडापाखाको मनोरम दृश्य
जेठ ८, २०८१ मंगलबार
चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान
जेठ ८, २०८१ मंगलबार
नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी
जेठ ८, २०८१ मंगलबार
हलो र गोरुको सहायताले मकै छर्दै किसान
जेठ ८, २०८१ मंगलबार