मेयर हर्क साम्पाङले व्यक्तिको जग्गामा वृक्षरोपण गर्न खोजेको उच्च अदालतको ठहर
व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न र जग्गावालाई धरपकड नगर्न आदेश
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १२:३०:४३
८ भदौ, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर मेयर हर्क साम्पाङ राईलाई उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिका–४ स्थित छोटी मोरङ डाँडामा रहेको स्थानीय रोशन अधिकारी र रोजिना अधिकारीले भोगचलन गर्दै आएको जग्गामा वृक्षरोपण र कुनैकिसिमका गतिविधि नगर्न आदेश दिएको छ ।
न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो । यसअघि रोजिना अधिकारीको रिट निवदेनमाथि साउन ११ मा सोही अदालतका न्यायाधीश मिलनकुमार राईको एकल इजलासले सुनुवाइ गर्दै उक्त जग्गामा अनाधिकृत रुपमा प्रवेश गर्ने र वृक्ष रोपण नगर्न नगराउन अन्तरिम आदेश दिएको थियो ।
त्यसपछि पनि राई नगर प्रहरी बलकाे टोलीसहित भदौ ६ गते जग्गामा प्रवेश गरेर वृक्षरोपण गर्न जाँदा रोजिना दम्पत्तिले प्रतिकार गरेका थिए । वृक्षरोपण कार्य रोकिएको थियो । राईले जग्गा पालिकाको भएको दाबी गर्दै आइरहेको छ । झडपपछि रित्तो हात फिर्ता भएका राईले आफूमाथि सार्वजनिक हातपात गरेको भन्दै अधिकारी दम्पत्तिविरुछ प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि दम्पत्ति फरार छन् ।
यसबिचमा उनीहरुले जग्गामा अदालतको अन्तरिम आदेशविपरीत हस्तक्षेप गरेर वृक्षरोपण गरिएको भन्दै पुनः राई र पालिकाविरुद्ध उच्चमा पुन: रिट निवेदन दायर गराएका थिए । सोही रिटमाथि बिहीबार सुनुवाइ गर्दै अधिकारी दम्पित्तिको पक्षमा आदेश दिएको हो ।
आदेशमा अधिकारीले भोगचलन गर्दै आइरहेको जग्गामा जबर्जस्ती प्रवेश नगर्न, जग्गाधनीलाई धरपकड नगर्न भनिएको छ । साउन ११ मा दिएको अन्तरिम आदेशविपरीत राई आफ्नो जग्गामा जबर्जस्ती प्रवेश गरेर वृक्षरोपण गरेपछि उच्च अदालत पुगेको र अदालतले न्याय दिएको रिट निवेदक रोजिनाले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार