हिंसा भड्किने सम्भावना बढेपछि धरानमा निषेधाज्ञा जारी
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १६:४३:२०
८ भदौ, काठमाडौं । धरानमा पछिल्लो समय जातीय र धार्मिक तनाव बढेको जनाउँदै स्थानीय प्रशासनले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।
शुक्रबार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सूचना जारी गर्दै आज मध्यराति १२ बजेदेखि लागु हुने गरी विभिन्न क्षेत्र तोकेर २४ घण्टे निषेधाज्ञा जारी गरेकी हुन् । निषेधाज्ञा भोलि शनिबार राति १२ बजेसम्मका कायम रहने सूचनामा उल्लेख छ ।
जारी आदेशमा डेंगी संक्रमण फैलिन नदिन र धार्मिक र साम्प्रदायिक संवेदनशीलता बढेका कारण मानिसहरू भीडभाड, सभा, जुलुस राेक्ने जनाइएको छ ।
यसैअघि धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सद्भाव भाइचारा र एकता कायम गर्नका लागि नगरवासीहरुलाई अपिल गरेका थिए । उनले शुक्रबार एक अपिल प्रकाशित गर्दै कुनै पनि प्रकारको सामाजिक अन्तरसम्बन्ध खल्बलिने गतिविधि नगर्न अनुरोध गरेका छन् ।
उनले भनेका छन्, ‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो सहर धरानमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको छ । बहुजातीय, बहुधार्मिक सांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो ।’
केही दिनपहिले धरानमा गोरु काटेर मासु खाएको तस्बीर सामाजिक संजालमा राखिएपछि धर्मको विषयमा समुदायमा फरक फरक मत प्रकट भइरहेको छ । यसलाई लिएर स्थानीय जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलहरुले जातीय र धार्मिक सद्भाव कायम गराउने पहलमा जुटिरहेका छन् । आज मात्रै धरानका मेयर हर्क साम्पाङले एक अपिल सार्वजनिक गरेर एकाध विषयलाई लिएर कसैले पनि विरोध वा प्रतिशोध नराखी सामाजिक सहिष्णुता कायम गर्न अपिल गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार