बलिउडमा सलमान खानको ३५ वर्ष पुरा
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार ११:०:९
१० भदौ, मुम्बई । बलिउडका भाइजान अर्थात् सलमान खानले अगस्त २६ मा फिल्म उद्योगमा ३५ वर्ष पूरा गरेका छन् ।
अभिनेताले सन् १९८८ मा बीवी हो तो ऐसीबाट बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि उनले मैने प्यार किया, बागी, सनम बेवफा, पत्थर के फूल, साजन जस्ता धेरै हिन्दी फिल्महरूमा काम गरे र बलिउडलाई एकपछि अर्को धेरै हिट फिल्म दिए।
अभिनेता सलमान खानले अभिनय संसारमा ३५ वर्षको यात्रा पूरा गरेकोमा आफ्ना फ्यानहरूलाई धन्यवाद दिएका छन् । सलमान खानले आफ्ना फिल्मका केही दृश्यहरूको कोलाज भिडियो सेयर गरेका छन्, जसमा उनका फिल्मका केही चर्चित संवाद र गीतका स्टेपहरू छन्। भिडियो सेयर गर्दै सलमानले लेखेका छन, ‘३५ वर्ष ३५ दिन जस्तै भयो, मायाको लागि धन्यवाद।’
सलमान खानको यो भिडियोलाई फ्यानहरुले धेरै माया गरिरहेका छन् । एक जनाले कमेन्ट गरे, ‘यहाँ कहिल्यै अर्को सलमान खान हुन सक्दैन।’
अर्का फ्यानले लेखेका छन, ‘म बुढो भए पनि सलमान खान सधैं मेरो मनपर्ने हुनेछन्।’ यसबाहेक एक प्रयोगकर्ताले लेखेका छन, ‘बलिउड उद्योगमा ३५ वर्ष पूरा गरेकोमा बधाई र हामीलाई मनोरञ्जन दिनुभएकोमा धेरै धेरै धन्यवाद।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?
भदौ ३१, २०८१ सोमबार
थलापति विजयको अन्तिम फिल्मको घोषणा
भदौ ३०, २०८१ आइतबार
हलिउड गायिका स्विफ्टको समर्थन कमला ह्यारिसलाई
भदौ २६, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार