आजबाट माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुल्ला
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार ११:८:२१
१० भदौ, काठमाडौं । माण्डु हाइड्रोपावरले आइतबार भदौ १० गतेदेखि आज बाट सर्वसाधारणलाई आईपीओ बिक्री खुल्ला गरेको छ ।
कम्पनीले फेस भ्याल्यू १०० रूपैयाँमा १०६ रूपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रूपैयाँका दरले १३ लाख ६ हजार ३०६ कित्ता शेयर आईपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये २८ हजार ८५३ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ ।
त्यस्तै, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । बाँकी १२ लाख ५ हजार ३२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि आफ्नो जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रूपैयाँको १०५ अर्थात् ७२ हजार ७३० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।
सर्वसाधारणले न्यूनतम् १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ १३ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै शेयर बिक्री नभएमा भने भदौ २४ गतेसम्म पनि आवेदन खुला रहनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार