विभिन्न स्थानबाट लागुऔषधसहित चार जना पक्राउ
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १४:२३:३३
१० भदौ, काठमाडाैं । देशका विभिन्न स्थानबाट चार जना लागूऔषधसहित पक्राउ परेका छन् । बाराको निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५ सय ग्रामसहित भारत बिहार मुज्जफरपुर थाना देवरिया कोठी घर भएका सर्लाही बरहथवा नगरपालिका-६ हिरापुर ब्यारेज बस्ने ६५ वर्षीय श्रीकान्त पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलालीको टिकापुर नगरपालिका-१ खडकचोकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ६ सय ७० मिलीग्रामसहित बर्दगोरीया गाउँपालिका-१ उत्तरमुडा बस्ने २५ वर्षीय योगेश बहादुर स्वारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले टिकापुरबाट लम्कीतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
महोत्तरीको बर्दिबास नगरपालिका-१० खयरमारास्थित झोलुङ्गे पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका-१० बस्ने २८ वर्षीय सुरेन्द्र राय यादव र ३८ वर्षीय अमर सिंह लोप्चन रहेका छन् । प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुवाको खालबाट ९ लाखसहित १५ जना पक्राउ
कात्तिक १८, २०८१ आइतबार
जुवातास खेलिरहेको अवस्थामा नगदसहित ४४ जना पक्राउ
कात्तिक १४, २०८१ बुधबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
कात्तिक १४, २०८१ बुधबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
कात्तिक १८, २०८१ आइतबार
सुरुभयो २०८१ सालको भाइटीका, दिनभर दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिन मिल्ने
कात्तिक १८, २०८१ आइतबार
प्लेट सेमिफाइनलमा ५ विकेटले युएईसँग नेपाल पराजित
कात्तिक १८, २०८१ आइतबार
अमेरिका–मेक्सिको सीमामा छुट्टिएका करिब २०० परिवार वार्षिक कार्यक्रममा छोटो समयका लागि पुनर्मिलन
कात्तिक १८, २०८१ आइतबार
वनहराको भूमिहीन शिविरमा छैन तिहारको रौनक
कात्तिक १८, २०८१ आइतबार
पछिल्लो सर्वेक्षणमा ट्रम्ममाथि ह्यारिस अगाडी
कात्तिक १८, २०८१ आइतबार
उर्जामन्त्री दीपक खड्का भारत प्रस्थान
कात्तिक १८, २०८१ आइतबार
हनुमानढोका दरबार क्षेत्र अवलोकन गर्दै पर्यटक
कात्तिक १८, २०८१ आइतबार
पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
कात्तिक १८, २०८१ आइतबार