कांग्रेसको अनुशासन समितिले तीन तहबाट आएका २१ सय उजुरीमाथि आजबाट छानविन सुरु गर्ने
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १०:१०:५६
११ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन उल्लंघन गर्ने नेता कार्यकर्ताहरू विरुद्ध परेका उजुरीमाथि छानबिन गर्ने भएको छ । आइतबार बसेको अनुशासन समितिको बैठकले आजदेखि उजुरीका फाइल खोल्ने निर्णय गरेको हाे ।
बैठकले अनुशासन समितिको कार्यविधि २०८० (संशोधनसहित) पारित गरेको छ । विगतकै कार्यविधिमा केही संशोधनसहित पारित गरिएको र सोमबारदेखि उजुरीहरू हेर्ने र त्यसपछि आवश्यकताअनुसार छानबिनको काम अघि बढाइने भएको छ । केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई समितिको सचिवमा मनोनयन गरिएको छ ।
गत वर्ष सम्पन्न भएका तीन तहका निर्वाचनमा पार्टीको हृवीप उल्लंघन गर्ने केन्द्र, प्रदेश र जिल्लाका नेताहरू विरुद्ध देशैभरबाट २१ सय उजुरी परेका छन् । तीमध्ये कतिपयमा जिल्ला कार्यसमितिले निर्णय गरेर कारबाहीको लागि सिफारिस गरेका छन् भने कतिपय जिल्लाका सभापतिहरू विरुद्ध नै उजुरी छन् । केन्द्रीय सदस्य र सांसदहरूले समेत पार्टीका उम्मेदवारलाई सहयोग नगरेको भन्दै उजुरीहरू परेका छन् ।
देशैभरबाट आएका २१ सय उजुरीमाथि पहिले अध्ययन हुने र त्यसपछि आवश्यकताअनुसार छानबिन समिति बनाउनुपर्ने भए बनाउने, नभए समितिले नै स्थलगत अवलोकन गर्ने, सोधपुछ गर्ने र प्रमाणका आधारमा कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय हुनेछ ।
समितिको संयोजकमा सभापति शेरबहादुर देउवाले आनन्दप्रसाद ढुंगानालाई निर्वाचनअघि नै संयोजक तोकेका थिए । तर समितिले पूर्णता नपाउँदा काम गर्न नसकेको भन्दै ढुंगानाले साउन पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा गुनासो गरेपछि सभापति देउवाले गत साता अन्य चार जना सदस्य मनोनीत गरेका थिए । समितिको सदस्यमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइराला मनोनीत भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउर्जामन्त्री दीपक खड्का भारत प्रस्थान
कात्तिक १८, २०८१ आइतबार
आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा मिलोसः सभामुख घिमिरे
कात्तिक १८, २०८१ आइतबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
कात्तिक १८, २०८१ आइतबार
सुरुभयो २०८१ सालको भाइटीका, दिनभर दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिन मिल्ने
कात्तिक १८, २०८१ आइतबार
प्लेट सेमिफाइनलमा ५ विकेटले युएईसँग नेपाल पराजित
कात्तिक १८, २०८१ आइतबार
अमेरिका–मेक्सिको सीमामा छुट्टिएका करिब २०० परिवार वार्षिक कार्यक्रममा छोटो समयका लागि पुनर्मिलन
कात्तिक १८, २०८१ आइतबार
वनहराको भूमिहीन शिविरमा छैन तिहारको रौनक
कात्तिक १८, २०८१ आइतबार
पछिल्लो सर्वेक्षणमा ट्रम्ममाथि ह्यारिस अगाडी
कात्तिक १८, २०८१ आइतबार
उर्जामन्त्री दीपक खड्का भारत प्रस्थान
कात्तिक १८, २०८१ आइतबार
हनुमानढोका दरबार क्षेत्र अवलोकन गर्दै पर्यटक
कात्तिक १८, २०८१ आइतबार
पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
कात्तिक १८, २०८१ आइतबार