स्याङ्जामा लम्की स्किनबाट आधा करोड क्षति
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार २१:३४:२९
प्रकाश डोटेल
१२ भदौ, स्याङ्जा । पशुजन्य रोग लम्की स्किनबाट पशुचौपायाको मृत्यु हुँदा स्याङ्जामा आधा करोड बराबरको क्षति भएको छ । पछिल्लो समय पशुमा महामारीको रुपमा फैलिएको लम्बी स्किनबाट एक सय २१ पशुचौपायाको मृत्यु हुँदा जिल्लामा ४७ लाख २० हजार क्षति भएको हो ।
जिल्लाका ११ स्थानीय पालिकामा फैलिएको रोगबाट दुइृ हजार ३१७पशु संक्रमित हुँदा एक सय २१ पशुको मृत्यु भएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मृत्यु हुनेमा ११ बाच्छाबाच्छी, ३८ गाई, सात भैसी र ६५ गोरु रहेका छन् ।
११ बाच्छाबाच्छीको मृत्यु हुँदा एक लाख १० हजार क्षति भएको छ । ३८ वटा गाईको मृत्यु हुँदा १९ लाख, सात भैसीको मृत्युबाट चार लाख २० हजार र ६५ गोरुको मृत्यु हुँदा १३ लाख बराबरको क्षति भएको हो । लम्की स्किन रोगबाट जिल्लामा झण्डै पाँच हजार पशुपालक कृषकहरु प्रभाबित भएको केन्द्रले जनाएको छ ।
“लम्बी स्किन रोग सरुवा रोग नभएपनि घरपालुवा पशुको हेरचाह र उपचारमा ढिलाई गर्दा ठूलो रकम बरारबको क्षति भएको हो ।” विज्ञ केन्द्रका निमित्त प्रमुख गोपाल गिरिले भने, पशुचौपायाको हेरचाह र समयमै उपचार गरेको भए सबा दुई सय पशुचौपायाको मृत्यु हुने थिइन् ।” मृत्यु भएका पशुचौपाया र उपचार खर्चमा गरी जिल्लामा झण्डै एक करोड भन्दा बढिको क्षति भएको प्रमुख गिरिले जानकारी दिए ।
रोग नियन्त्रण गर्न विज्ञ केन्द्रले स्थानीय पालिकालाई पाँच हजार छ सय डोज खोप लपलब्ध गराएको छ । जिल्लाका ११ मध्ये ५ पालिकाले मात्रै चार हजार दुई ५० डोज खोप खरिद गरेका छन् ।अन्य पालिकाले खोप खरिद गर्न नसक्दा संघीय सरकारले दिएको अनुदान रकम समेत फ्रिज भएको छ ।
संघीय सरकारको अनुदान र आन्तरिक आयको रकमबाट वालिङले दुई हजार, भीरकोटले आठ सय र चापाकोट नगरपालिकाले चार सय तथा आँधीखोलाले छ सय र अर्जुनचौपारी गाउँपालिकाले चार सय ५० डोज खरिद गरेका छन् । संघीय सरकारले प्रत्येक पालिकालाई खोप खरिदका उपलब्ध गराएको १ लाखका दरमा छ लाख फ्रिज भएको छ ।
लामखुट्टे, किर्ना र भुसुनाको टोकाईबाट स्वस्थ पशुमा सर्ने यो रोग लागेमा पशुचौपायालाई कडाखालको ज्वरो आउने, खानामा अरुची हुने र झोक्राउने लक्ष्यण देखिन्छ । लक्ष्यण देखिएको २÷३ दिनमा पशुको शरिरभरी छालामा गिर्खा र गाँठाहरु देखिन्छ । पछिल्लो समय रोगको संक्रमण दर घटेको र खोप लगाएकाले रोग नियन्त्रणमा रहेको विज्ञ केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सात प्रतिपक्षी दल छेउमा राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजिनामा
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
माघ ५, २०८१ शनिबार
चितवनमा रविसहित १४ जनालाई प्रतिवादी बनाउन माग, ३८ करोड ९ लाख बराबर बिगो दावी
माघ ४, २०८१ शुक्रबार
समाजवादी मोर्चासँग सहकार्य नगर्ने पक्षमा देखिए उपेन्द्र
माघ ५, २०८१ शनिबार
प्रचण्ड पुग्दा किन खुलेन क्रिकेट रंगशालाको गेट ?
माघ ५, २०८१ शनिबार
गाजामा युद्ध बिराम आइतबारबाट लागु हुने
माघ ५, २०८१ शनिबार
युद्ध विराम अनुमोदन गराउन नेतान्याहुलाई लाग्यो ६ घन्टा !
माघ ५, २०८१ शनिबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
माघ ५, २०८१ शनिबार