सातौं उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता सम्पन्न
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १०:५४:२९
१३ भदौ, भक्तपुर । एभरेष्ट इगलिश स्कूल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको ‘सातौं उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता २०८०’ मंगलबार भक्तपुरमा सम्पन्न भएको छ ।
प्रतियोगिता सिनियर व्याइज, जुनियर व्याइज र गल्र्स गरी तीन क्यातागोरीमा भएको थियो । प्रतियोगिताको सिनियर व्याइजतर्फ ज्ञान निकेतन स्कुल शंखमुल काठमाडौ पहिलो भएको छ भने जुनियर व्याइजतर्फ पनि ज्ञान निकेतन स्कुल नै पहिलो भए । साथै गल्र्सतर्फ भने निष्ट स्कुल भक्तपुर प्रथम भएको छ ।
प्रतियोगिताका उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहवीच मंगलबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा उनले खेलकुद मौलिक हक अधिकारभित्र नरहेकोले खेलकुद क्षेत्रको विकास हुन नसकेको बताउँदै शिक्षा र स्वास्थ्यजस्ता विषय जनताका आधारभूत बिषय भएको बताए ।
उनले खेलाडीले पढ्दैनन् र पढ्नेले खेल्दैनन् भन्ने मान्यतामा धेरै भिन्नता आएको बताउँदै विद्यालय जीवन देखि शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउनु सुखद पक्ष भएको बताए । भक्तपुर नपाले खेल क्षेत्रको विकासको लागि प्रशिक्षण, व्यायामशाला स्थापना, खेलाडी सम्मान तथा विभिन्न खेलकुद प्रतियोगिताहरु आदि आयोजना गरी यहाँका खेलाडीहरुलाई उत्साहित गर्दै आइरहेकोसमेत जनाए ।
आयोजक एभरेष्ट इंगलिस स्कूलका प्रअ भक्त राजभण्डारीले विद्यालयको आयोजनामा भएको प्रतियोगितामा ६३६ जना विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताए । उनले खेलकुद प्रतियोगिताको मुख्य उद्देश्य मित्रता र प्रतिस्पर्धा हो भन्ने मान्यताका साथ स्कुलले कार्यक्रमहरु गर्दै आएको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले सहभागी सम्पूर्ण विद्यालय र विद्यार्थीहरुमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरूलाई सक्रिय जीवन जिउन प्रेरित गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सातौं उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताका रेफ्री तथा विजेताहरूलाई प्रशंसापत्र, मेडल तथा शिल्ड प्रदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार