समता निकेतन विश्वकै पहिलो मितव्ययी र कम खर्चिलो विद्यालय, पायो गिनिज बुकको प्रमाणपत्र
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार १९:१५:१३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र आज हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समता फाउण्डेशनका अध्यक्ष उत्तम सञ्जेललाई गिनिज बुक लण्डनले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । सो शिक्षालय विश्वकै पहिलो मितव्ययी र कम खर्चिलो मानिएको छ ।
प्रधानमन्त्री ओलीले रु १०० मा विद्यार्थी पढाएर गरीबका छोराछोरीलाई फाउण्डेशनले गुन लगाएको बताउँदै राज्यले लिनुपर्ने दायित्व बहन गरेकामा खुशी व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, “अङ्ग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।” प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको जनाउँदै सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएकामा बधाई व्यक्त गरे । प्रधानमन्त्री ओलीले यस वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नहुने जिकिर गर्दै नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
मह जोडीको सहयोगमा सञ्जेलले सन् २००१ (विसं २०५८तिर) स्थापना गरेको सो स्कूलले मासिक रु १०० शुल्कमा विभिन्न जिल्लामा शाखा विस्तार गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । आर्थिक रुपमा कमजोर भएका र अरू कुनै कारणले विद्यालय जान नपाएका बालबालिकालाई सो स्कूलले विशेष ध्यान दिँदै आएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार