माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार ११:५:१२
१७ भदौ, काठमाडौं । माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आइतबार कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको शेयर बिक्रीमा ल्याएको हो । यसले १ सयअंकित मूल्यमा १० लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको हो । योमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दालाई छुट्याइएको छ ।
त्यस्तै, २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाकै वडा नं. २, ३, ४ र ५ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका अन्तर्गतका वडा नं. ५ का स्थानीयका लागि निष्कासन खुला भएको छ । यी क्षेत्र बाहेक रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाका लागि पनि १ लाख ४२ हजार ८५० कित्ता शेयर जारी गरिएको छ ।
यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।
स्थानीयले यस आयोजनाको आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक र एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रूपैयाँ शुल्क बुझाउनुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार