पेप्सीकोला सवारी दुर्घटनाका उपचाररत घाइतेहरु काे काे हु्न् ?
उपचारका क्रममा २ जनाको मृत्यु, २ जनाकाे अवस्था गम्भीर
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १२:२:५८
१७ भदाै, काठमाडौं । आज बिहान पेप्सीकोलास्थित छाप्रोमा करिब ७ बजे बस र बोलेरो जीप ठोक्किँदा बसले ल्टिएर मोटरसाइकल र स्कुटर किचेर भएका घाइतेहरुको परिचय खुलेको छ ।
जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा६च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किंदा बस पल्टिएर त्यसपछि बा प्र ०२–०३७ प ५३११ नम्बरको स्कुटर र बा प्र ०२(०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई किचेको थियो ।
मोटरसाइकल र स्कूटरमा सवार एक/एक जना गरी २ जनाको उपचारका क्रममा मृत्यु भएको छ । अन्य १२ घाइतेहरुलाई पेप्सीकोलास्थित मदरल्याण्ड र नयाँबानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुमा दोलखा भिमेश्वर नगरपालिका–१का ५२ वर्षीय कुमार बहादुर खाती, उदयपुर त्रियुगा नगरपालिका–१० का २२ वर्षीय कल्पना विक, मकवानपुर हेटौंडाका १७ वर्षीया रमिता प्रजा र स्कुटर चालक काभे कोशीपारीकी २९ वर्षीया सरस्वती खड्का, रामेछाप मन्थलीका २० वर्षीय सुनिल मगराती, वर्षीय सुनिल मगराती र २१ वर्षीय राजकुमार मगराती र अर्जुन रम्तेल, सिन्धुपालचोक बाह्रबिसे नगरपालिका–४ का २३ वर्षीय सुवास बस्नेते, मोरङ उर्लाबारी नगरपालिका–४ का ३३ वर्षीय पुण्यप्रसाद गौतम, ओखल्ढुंगा लिखु गाउँपालिका–७ का २५ वर्षीय रमेश थापा छन् । उनीहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
बसका चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका–२ का घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
घाइते एक महिला र एक पुरुष गरी २ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही शान्तिटोल–१ का २१ वर्षीय राज भट्टराई र स्कुटरमा सवारी सशस्त्र प्रहरी जवान सिनामंगलमा कार्यरत २५ वर्षीया उषा थापा रहेका छन् । घाइतेमध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार