युवा पुस्तालाई बीपीका योगदानबारे जानकारी दिन कांग्रेसले गर्न लागेको साहित्य महोत्सवलाई भव्य बनाइने
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १८:२४:४१
१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको ११० औँ जन्म जयन्तीकाे अवसरमा आयोजना गर्ने साहित्य महोत्सवलाई भव्य बनाउने भएको छ । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न पार्टीका सबै भातृ संगठनहरुलाई परिचालन गरिने भएको छ । कांग्रेसले भदौ २४ देखि २६ गतेसम्म बीपी साहित्य महोत्सव आयोजना गर्न लागेको हाे ।
आइतबार पार्टी कार्यालय सानेपामा केही पदाधिकारीसहित बसेको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले साहित्य महोत्सवलाई सफल बनाउन पार्टीका सबै भातृ तथा शुभेच्छुक संघसंस्थाहरू परिचालन गर्ने निर्णय गरेको छ । बैठकले गरेका निर्णय सार्वजनिक गर्न भोलि सोमबार दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना समेत गरिँदैछ ।
यो कुनै पनि राजनीतिक दलले यसरी गर्न लागेको महोत्सव पहिलो रहेको र ऐंतिहासिक महोत्सव हुने साहित्य महोत्सवका संयोजक एवं नेपाली कांग्रेसका सहमहामन्त्री डा. बद्री पाण्डेले बताए । महोत्सवमा साहित्य लगायत विभिन्न क्षेत्रका विज्ञहरुबीच दैनिक ४ वटा सेसन हुने संयोजक पाण्डेको भनाइ छ ।
महोत्सवमा बीपी कोइरालाको साहित्यप्रति रुचि, उनको जीवन, दर्शन र नारी प्रतिको दृष्टिकोण समेत चित्रण गरिनेछ । यसलाई सफल बनाउन पार्टीका युवा परिचालन हुनेछन् । बीपीको योगदानबारे युवा पुस्तालाई जानकारी दिन साहित्य महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने पाण्डेले बताए ।
महोत्सवमा वृत्तचित्र, कला तथा विभिन्न प्रकारका चित्रहरूको समेत प्रदर्शनी पनि रहनेछ । यस अवसरमा हेल्थ डेस्क, बुक स्टल, टिसर्ट, ब्याच समेतको प्रदर्शनी र बिक्री वितरण गरिनेछ । महोत्सवमा सेल्फी पोइन्ट, ऐतिहासिक चित्र प्रदर्शनी समेत गरिनेछ । आयोजकले ३ दिनमा १५ हजारभन्दा बढीको सहभागिता रहने जनाएको छ ।
महोत्सव तयारीका बारेमा आज आइतबार पार्टी कार्यालय सानेपामा आयोजक समिति र सूचना, सञ्चार तथा प्रचार विभागबीच छलफल गरिएको थियो । आयोजक समितिका संयोजक पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले महोत्सवको तयारीका बारेमा जानकारी गराएका थिए । यस्तै, प्रचार विभागका प्रमुख मीन विश्वकर्माले महोत्सवको तयारीमा जुट्न आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार
दिउँसो २ बजेलाई सारियो प्रतिनिधिसभा बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार