भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट, रिजल्ट हेर्ने कसरी ?
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार ११:५२:५०
१८ भदौ, काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ आज सोमबार (भदौ १८ गते) बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९:३० बजे आईपीओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत् ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
कम्पनीको आईपीओमा १३ लाख ९ हजार ६६ जनाले कुल १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २ हजार ३८९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । योग्य १३ लाख ६ हजार ६७७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।
यस कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म फेस भ्याल्यू १०० रूपैयाँमा १६ रूपैयाँ प्रिमियम थप गरी प्रति कित्ता ११६ रूपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको थियो । हाल कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रूपैयाँ रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट साथै, भगवती हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार