डोल्पामा तिलिचोभन्दा २७१ मिटर अग्लो स्थानमा नयाँ ताल फेला
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १२:९:२५
१८ भदौ, काठमाडौं । डोल्पामा को डोल्पोबुद्ध गाउँपालिकामा तिलिचो तालभन्दा अग्लो स्थानमा ताल फेला परेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । डोल्पोबुद्ध गाउँपालिका–६ फालगाउँमा कुन्ख्येन फालक ताल फेला परेको हो ।
ताल रहेको उचाई समुन्द्र सतहबाट ५ हजार १ सय ९० मिटर उचाइमा रहेको दाबी स्थानीय जनप्रतिनिधिले गरेका छन् । नेपालमा हालसम्म प्रमाणित सबैभन्दा उचाइमा रहेको ताल मनाङ जिल्लाको तिलिचो ताल हो । तिलिचो विश्वकै सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येमा पर्दछ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यो ताल समुद्रा सतहबाट ४ हजार ९१९ मिटर उचाईमा छ । तालको लम्बाई ४ किलोमिटर छ। चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ ।
डोल्पामा भेटिएको भनिएको कुन्ख्येन फालकको लम्बाई ५ सय ११ र चौडाई ३ सय १३ मिटर रहेको वडा नम्बर ६ का अध्यक्ष नुर्बु डम्डुल गुरुङले बताए । उनले स्थानीयले दिएको खबरपछि उनले जीपीएस जाँच टोली लिएर शनिबार उक्त ताल पुगेका थिए ।
नयाँ तालको रङ आकाशे निलो र प्राकृतिक हिसाबले अत्यन्तै मनमोहक र सुन्दर रहेको गुरुङले बताए । डोल्पोबुद्ध गाउँपालिकाको केन्द्रबाट तालसम्म पुग्न मोटरसाइकल ४ र पैदल यात्रा गरेर २ घन्टा लाग्ने उनले बताए । ताल रहेको क्षेत्रबाट चीनसँगको नेपालको सीमा भेटिन् करिब डेढ हिड्नुपर्नेछ । त्यसपछि नेपाल चीनको १५ नम्बर सीमास्तम्भमा पुग्न सकिने गुरुङले बताए ।
तालको आधिकारिकरुपमा रुपमा प्रमाणित गर्न सरकारले अग्रसर हुनुपर्ने गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए । सरकारका निकायले प्रमाणित गरेपछि प्रचारप्रसारमा स्थानीय तह लागिपर्ने उनको भनाएइ छ । हिमाली क्षेत्रमा मानव बस्न नसकेका कारण हिमाल छेउछाउका अवस्थाबारे राज्य बेखबरजस्तै रहँदै आएको स्थानीयको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार
आगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
सरकारले बढायो सगरमाथा आरोहण रोयल्टी, १५ हजार डलर पुग्यो
माघ ८, २०८१ मंगलबार