एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार ११:१५:१०
१९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने भएको छ । पार्टी संगठन विस्तारका लागि अभियान चलाउन लागेको हो । पार्टी पङिक्तलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान चलाउन भन्दै केन्द्रीय कमिटीले गरेको निर्णयलाई सोमबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको छ ।
अभियान अन्तर्गत देशभर रूपान्तरणकारी एजेन्डा जनतामाझ लैजाने जनाएको छ । सचिवालय बैठकले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची महाकाली अभियान चलाउने निर्णयसहितको प्रस्ताव पनि पारित गरेको छ । सम्मानित नेता झलनाथ खनालका अनुसार अभियान मेचीबाट सुरु गरेर महाकालीमा समापन गर्ने तयारी छ । एकीकृत समाजवादीका नेताहरूका अनुसार अभियानमा सचिवालयका अधिकांश नेताका साथै १ सयभन्दा बढी नेता कार्यकर्ता अभियानभर सहभागी हुनेछन् ।
सचिवालय बैठकले माघ १४–१८ मा हुने महाधिवेशनको केही तालिका समेत तय गरेको छ । त्यसमा असोज ५ भित्र सबै कमिटीका बैठकहरू बसिसक्न निर्देशन दिने, तल्ला कमिटीका रेकर्डहरू पार्टी केन्द्रमा पठाउनुपर्ने, असोजभित्र दस्ताबेजहरू तयार गरिसक्नुपर्ने लगायतका निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार