गाडी रोकर सप्तकोशीमा बेपत्ता डाक्टरको शव ११ दिनपछि फेला
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार १३:५८:२९
२० भदौ, काठमाडौं । सुनसरी र उदयपुर जोड्ने सप्तकोशी नदीको चतराघाटस्थित पुलमा कार छाडेर १० दिनअघि बेपत्ता एकजना डाक्टर प्रज्वल कोइरालाको शव फेला परेको छ ।
मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन कोइराला भदौ १० गते दिउँसो उदयपुरको बेलका नगरपालिका–८ स्थित कोशी पुलको उदयपुरखण्डतर्फ आफ्नो प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर बेपत्ता भएका थिए । झापाको दमक नगरपालिका–१ घर भएका ३८ वर्षीय कोइरालाको शव एक टापु क्षेत्रमा भेटिएको हो ।
सप्तकोसीमा माछा मार्नेहरूले मंगलबार साँझ शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सडिसकेको अवस्थामा रहेको छ । कोइरालाले हामफालेको हो वा अन्य कारणले ज्यान गएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । बेपत्ताको खबरपछि सुनसरीबाट सशस्त्र प्रहरीको गोताखोरको टोली समेत परिचालन गरी खोजी गर्दासमेत भेटिएको थिएन । घटनाका कारण पत्ता लाग्न बाँकी रहेपनि प्रेम सम्बन्धका कारण कोइरालाको ज्यान गएको चर्चा पनि चलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार