भ्रष्टाचारी र तस्करहरु राजनीतिक शक्तिसँग मिलेर मलाई गृहमन्त्रीबाट हटाउने प्रयास गरिरहेका छन् : गृहमन्त्री
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार १५:१९:२२
२० भदौ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई गृहमन्त्री पदबाट हटाउने कोसिस भइरहेको बताएका छन् । सरकारले चलाएको भ्रष्टाचारविरोधी अभियानमा आफू कडा रुपमा प्रस्तुत भएकाले अपराधी र तस्करहरू राजनीतिक शक्तिको आडबाट आफूहरूलाई हटाउन लागि परेको दाबी गृहमन्त्री श्रेष्ठले गरेका छन् ।
उनले भ्रष्टाचारको फाइलले गठबन्धनमा पनि कही टकराव देखिएको बतएका छन् । सामूदायिक रेडियो माडीले चितवनमा बुधवार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले तस्करीलाई कारबाही गर्ने सम्बन्धमा उठका प्रश्नमा आफूले कुनै सम्झौता नगर्ने जिकिर गरे । श्रेष्ठले भ्रष्टाचार, तस्करी, कालोबजारीयाले वर्तमान सरकारलाई अगाडि जानबाट रोक्न खोजिरहेको बताए ।
उनले भने, ‘भ्रष्टाचारी, तस्करी, कालोबजारीलाई कारबाही गर्ने सम्बन्धमा केही प्रश्न उठेका छन् । गृहमन्त्री वा सरकार कति टिक्छ भन्ने सवालमा पनि प्रश्न उठेको छ । तस्करी र सरकार सँगसँगै रहन सक्दैन । मूलभूत रूपमा सरकारले कसैसँग पनि सम्झौता गर्दैन । विभिन्न प्रकरणमा जोडिएका व्यक्तिहरूलाई सरकारले कारबाही गरेरै छोड्छ ।’
सामाजिक न्यायसहितको आर्थिक समृद्धि नभएसम्म प्राप्त उपलब्धिको रक्षा हुन नसक्ने उनले बताए । नागरिकलाई अनागरिक बनाएर विदेशमा पठाउने कार्यमा राज्यका पदाधिकारी तथा प्रशासनका अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याइछाड्ने उनले बताए । श्रेष्ठले भ्रष्टाचारमा संलग्न हुनेहरूले एउटाबाट अर्को रूपमा सरकारको अभियानमा असफल पार्ने र यो अभियान सञ्चालन गर्नेहरूलाई घेराबन्दी गर्ने वा सरकारलाई अप्ठ्यारो पार्न खोजिरहेको बताए ।
६० किलो सुन समातेपछि त्यसलाई आधार बनाएर तस्करीको जरैसम्म पुग्ने त्यसको सारा नेटवर्कको पहिचान गरेर कानूनी कारबाही गर्ने प्रक्रियामा अहिले प्रहरी र सिआइबी अनुसन्धानरत रहेको बताए । उनले भने, ‘हामीलाई विश्वास छ केही दिनभित्रै त्यो अनुसन्धान निष्कर्षमा पुग्नेछ । सबै तस्कर र अपराधीहरूलाई कानूनको कठघरमा उभ्याइनेछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
निर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार