माधव नेपालको पार्टीमा धाँजा फाट्न सुरु, खनाल पक्षबाट विवाद सुरु
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १२:२५:३५
२१ भदौ, काठमाडौं । माधव नेपालले नेतृत्व गरेको नेकपा एस पार्टीभित्रकाे विवाद उत्कर्षमा पुगेको छ । एमालेबाट विभाजित भएको दुई वर्ष नपुग्दै नेकपा एसका नेताहरूबीच विवाद बढेको हो । सरकारमा रहेको पक्ष र सरकारमा नगएको पक्षबीच विवाद बढेको हो ।
विवाद बढाउनमा एसका वरिष्ठ नेता झलनाथ खनालको भूमिका रहेको छ । पछिल्लो पटक पार्टीका सबै बैठकमा महाधिवेशन र पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनमै गम्भीर मतभेद उत्पन्न भएको थियो ।
पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने बारेमा समझदारी जुट्न नसक्दा राष्ट्रिय महाधिवेशन अन्योलमा परेको छ । साथै महाधिवेशन अघि प्रस्तुत हुनुपर्ने राजनीतिक प्रतिवेदनको विषयमा पनि सहमति जुट्न सकेको छैन । ‘ माधव नेपालको राजनीतिक प्रतिवेदनमा प्रधान शत्रु कसलाई मान्नेमा अन्योल छ, पार्टी निर्माणको कुरा गरिएको छ, तर कुन कुन समूहलाई लक्षित हो भने अहिलेसम्म लक्षित वर्ग तोकिएको छैन, सरकार र मोर्चा गठनबारे पार्टीमा विवाद छ, समाधान खोजिएको छैन, एमालेलाई हेर्ने दृष्टिकोण बाझिएको छ, संगठनको संरचना एमालेको जस्तै बनाइएको छ’, सचिवालय बैठक सकिएपछि एक पदाधिकारीले भने ।
गत सोमबार सम्पन्न सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले आगामी माघ ५–७ गते गर्ने प्रस्ताव राखेका थिए । खनाल पक्षले यो विषयमा सहमत जनाएन । ३ महिने अभियानकै बेला महाधिवेशनको तयारी गर्न सम्भव नहुने सम्मानित नेता झलनाथ खनाल लगायतले विषय उठाएपछि बैठक कुनै ठोस निर्णय नगरी सकिएको छ । बैठकले एमसीसी कार्यान्वयनको अनुगमन गर्ने भन्दै उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
जब कि एमसीसीको पक्षमा पार्टी अध्यक्ष माधव नेपाल स्वयं उभिएका छन् । आइतबार मात्रै एससीसी कार्यान्वयनको पक्षमा सरकार उभिएको थियो । सम्झौता नै भइसकेको र दैनिक कार्याआरम्भ भई पाँच वर्षभित्र सक्ने सहमति गरिएको छ ।
झलनाथ खनालले भने एमसीसीको विरोध गर्दै आएका छन् । पार्टी र बाहिर दुवै फोरममा उनले विरोध गरेका छन् । यतिबेला एसका पदाधिकारीहरू पनि एमसीसीको पक्षमा छैनन्, त्यही कारण उनले व्याख्यात्मक टिप्पणी कार्यान्वयन भए नभएको र कार्यान्वयनको पक्षमा कस्तो रहेको छ भनेर अनुगमन गर्ने भनेर पाण्डेलाई जिम्मा लगाइएको हो । माधव नेपाल विदेश भ्रमणमा रहेका बेला ललितानिवास प्रकरणमा माधव नेपालले गल्ती गरेको भए हतकडी लगाउनु पर्छ भन्ने अभिव्यक्ति दिएका पाण्डेलाई एमसीसी अनुगमनको जिम्मा दिएका छन् ।
नयाँ पार्टी, पुरानै प्रवृत्तिमा चलेका कारणले पनि एसभित्र अझै विवाद रहेको पार्टीका नेताहरूले बताइरहेका बेला महाधिवेशनको मितिमै कचकच परेर सचिवालय बैठक अवरोध भएको थियो । एमालेबाट छुट्टिएको दुई वर्ष बित्दा नबित्दै नेकपा एकीकृत समाजवादीभित्र गुटबन्दी शुरु हुँदा अहिले रामकुमारी झाँक्रीसहितकाे एउटा टोली निरन्तर एमालेसँगको सम्पर्क सम्बन्धमा रहेको छ । ‘झाँक्रीसहितको टोली कुन बेला एमालेमा प्रवेश गर्ने हो’, एस निकट रहेका एक नेताले भने । सम्मानित नेता झलनाथ खनालले अध्यक्ष नेपालको कार्यशैली, नेतृत्व र विचारप्रति प्रश्न उठाउँदै पार्टी कमिटीमै लिखित दस्तावेज पेस मात्र गरेका छैनन्, उनले कार्यशैली र सैद्धान्तिक विषयमाथि समेत आफ्नो धारणा स्पष्ट रहेको बताएका छन् ।
एमालेकालमै पनि नेपाल र खनालबीच खासै निकटता थिएन । तत्कालीन नेकपामा केपी ओलीविरुद्धको मोर्चाबन्दीले प्रचण्ड, नेपाल र खनाललाई एकठाउँ ल्याइदिएपछि स्वार्थले एक ठाउँ जोडेको हो । तर नेकपा एसभित्र देखिएको विवादले दुवै नेताहरूलाई एकसाथ एकै ठाउँमा राख्छ कि राख्दैन भन्ने आंशका जन्माएको छ । खनालले अहिले पनि जनताकाे बहुदलीय जनवादलाई मान्ने राजनीतिक प्रतिवेदन पेश गरेका छैनन् । तर नेपालले पार्टीको तत्कालीन र दीर्घकालीन दुवै कार्यनीति रणनीति बहुदलीय जनवाद भएको बताउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी प्रकरण : छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै
जेठ ८, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार