गृहमन्त्री ज्यू ! के अब काठमाडौंमा हामी एक्लै हिँड्न हुने हो कि नहुने हो ?
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १३:३९:५९
२१ भदौ, काठमाडौं । प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको छानबिनको माग गरेका छन् । यादवमाथि बुधबार काठमाडौंमा आक्रमण हुँदा उनी घाइते भएका छन् ।
“मैले हिजो चिकित्सकलाई गएर भेटेँ, चिकित्सकका अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ, आक्रमण गर्ने मान्छे पक्राउ परेको छ, तर एउटा सन्काहाले सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण गर्न खोजिँदै छ, यसलाई थामथुम पार्ने कोशिस हुँदैछ”, उनले भने ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सांसद थापाले यस घटनाबारे सरकारलाई सचेत गराउँदै घटना कसरी र किन भयो ? घटनाको सबै पक्षका बारेमा गहिरो अनुन्धान हुनुपर्ने माग गरे । घटनासँग जोडिएका सबैपक्ष उजागर हुनुपर्ने उनको माग छ ।
“म गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामी काठमाडौंमा एक्लै हिँड्न नपाउने हो, कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, हामी एक्लै हिँड्न हुने हो कि नहुने हो, जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो, हामी सरकारको कामको परिणाम हेर्न चाहन्छौँ”, उनले भने ।
महामन्त्री थापाले सहमहामन्त्री यादवले जेसुकै बोलेको भए पनि बोलेकै आधारमा कसैलाई पनि साङ्घातिक आक्रमण गर्न नपाइने बताए ।
थापाले कान्ति बाल अस्पतालमा उपचार गराउन नपाउँदा बालिकाको मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद धवल शम्शेर जमराले कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्तिमाथि कारबाहीका लागि सरकारसँग माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार