पाल्पामा सैनिक सङ्ग्रहालय [ फोटोफिचर ]
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १०:४१:३६
♦ मनिष अर्याल
२४ भदौ, काठमाडौं । नेपाली सेनाको २०७५ साल देखि एकीकरण पदमार्ग कार्यक्रम अन्तर्गत सेना सङ्ग्रहालय काठमाडौं बाहेक अन्य दुई स्थानमा बनाइएको छ । एउटा सिन्धुली गढि र अर्को पाल्पा दरबारमा सैनिक सङ्ग्रहालय बनाइएको हो ।
पाल्पा दरबारमा अवस्थित सैनिक सङ्ग्रहालय २०७८ सालमा निर्माण कार्य सम्पन्न भइ तत्कालीन प्रधान सेनापति प्रभु राम शर्माले उद्घाटन गरेपछि सर्व साधारण लाइ खुला गरिएको हो ।लुम्बिनि प्रदेश स्तरीय पाल्पा दरबार सङ्ग्रहालय घुम्न आउन आन्तरिक तथा बाह्य पर्यटक लाइ मध्य नजर गर्दै यो सङ्ग्रहालय स्थापना गरिएको हो । यस सङ्ग्रहालय लाइ मुख्य पाँच कक्ष मा विभाजन गरिएको छ ।
नेपाली सेनाको इतिहासदेखि अहिलेसम्मका गतिबिधि साथै सैन्य सामग्रीहरु सङ्ग्रहालयमा राखिएको छ । पहिलो , अभिकलन कक्षमा नेपाली सेनाका पूर्व प्रधान सेनापति देखि अहिले सम्म रहनुभएका प्रधान सेनापति , राष्ट्र निर्माता , अतिरथी र परमाधिपतिहरुको तस्विर र चित्रहरू राखिएको छ । दोस्रो कक्षमा नेपालको एकीकरण र अङ्ग्रेज युद्धमा प्रयोग गरिएका पाल्पाका मुख्य नुवाकोट गढि, जितगढि (एकीकरण पछि रुपन्देही जिल्ला) र वाकुम गढि ( पूर्व गाउपालिका) को कलाकृति राखिएको छ ।
अर्को ऐतिहासिक शस्त्र अस्त्र कक्ष नाम दिइएको यो कक्षमा नेपाल एकीकरण र अङ्ग्रेज युद्धमा नेपाली सेनाले प्रयोग गरेको हात हतियारहरु राखिएको छ । भरुवा बन्दुक देखि तोप , खुकुरीहरू सैनिक सङ्ग्रहालय छाउनी बाट ल्याएर राखिएको छ । पुराना सङ्गै अहिले प्रयोग हुने आधुनिक हात हतियारहरु पनि राखिएको छ । यस सङ्गै पोसाक आभूषण, विभूषण कक्षमा नेपाली सेनाको स्थापना काल देखि प्रयोग गरिएको पोसाकसहित नेपाली सेनामा प्रयोग हुने दर्ज्यानी चिन्हहरू राखिएको छ । पाचौ कक्षमा नेपाली सेनाको अहिलेसम्मको योगदानहरुको भिडियो अडिटोरियममा देखाइन्छ । सबै कक्ष घुमेर आएर अन्तिम अडिटोरियमा सेना सङ्ग सम्बन्धी सामग्रीहरू देखाइने गरिन्छ ।
सैनिक सङ्ग्रहालय स्थापना पछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण झनै बढेको पाल्पा दरबार सङ्ग्रहालयले जनाएको छ । यहाँ आउने पर्यटकहरु सैनिक सङ्ग्रहालय अवलोकन पछि पुलकित हुने गरेका छन । पहिला दैनिक २०० पर्यटक पुग्ने पाल्पा दरबार सङ्ग्रहालयमा सैनिक सङ्ग्रहालय स्थापना पछि ४५० हाराहारिमा अवलोकन गर्न पुग्ने गरेको पाल्पा दरबार सङ्ग्रहालयका निमित्त प्रमुख चन्द्र ओलीले जानकारी दिन भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
वायु प्रदूषणमा काठमाडौं तेस्रो स्थानमा उक्लियो
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार