कांग्रेसको बीपी साहित्य महोत्सव भव्य र सभ्य रूपमा मनाइदै
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १४:३०:३४
२४ भदौ, ललितपुर । नेपाली कांग्रेस तीन दिने बीपी साहित्य महोत्सव आयोजना गरेको छ । जननायक विश्वेश्वर कोइरालाको ११ औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा आइतबार बिहान साढे ११ बजे साहित्य महोत्सवको समुद्घाटन गरिएको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जननायक कोइरालाको पूर्ण कदको शालिकमा माल्यार्पण र त्यहाँ गमलामा राखिएको बिरुवामा जल सिञ्चन गरेर महोत्सवको उद्घाटन गरेका थिए । बीपीका विषयमा विभिन्न राजनीतिज्ञ र विश्लेषकलाई राखेर अन्तरक्रिया पनि गरिएको छ ।
महोत्सव तीन दिनसम्म चल्ने महोत्सव आयोजक समितिले जनाएको छ । उद्घाटन कार्यक्रममा ११० वटा बेलुन उडाइएको छ । एउटा मूल बेलुनलाई बीपीको तस्बीर, पार्टीको झण्डा, चार वटा तारा, चुनाव चिन्ह अंकितलाई तीन दिनसम्म कार्यालयमाथि उडाइनेछ ।
कांग्रेसका नेता एवं कार्यकर्ता र सर्वसाधारणहरू सानेपामा बाक्लो संख्यामा सहभागी भएका छन् । उनीहरूले कार्यक्रमस्थलमै राखिएको क्यानभासमा इच्छाअनुसार रंग भर्ने र तीन दिनको कार्यक्रम समाप्तिसम्ममा बन्ने आकृति प्रदर्शनीका लागि कालान्तरसम्म संरक्षण गरिने भएको छ । सहभागीहरूले वीपीको साहित्य लेखन, विचार र जीवनबारे चर्चा गर्दै विभिन्न योगदानको स्मरण गरेका छन् ।
यस्तै, ललितपुर कांग्रेसले बनाएको उद्यानमा सभापति देउवाले रुद्राक्षको बिरुवा रोप्ने काम सम्पन्न गरेका छन् । यो कार्यक्रम कांग्रेसले यसअघि गरेका कार्यक्रमभन्दा भव्य र सभ्य देखिएको छ । राजनीतिक विश्लेषकहरूले बीपी कोइरालाको पार्टी नेपाली कांग्रेसले पनि आलोचना र प्रश्न सुन्न छाडेको बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा सुरु भएको बीपी साहित्य महोत्सवमा ’बीपीको दृष्टिमा बीपी सेसन’मा बोल्दै विश्लेषक सीके लालले वर्तमान नेताहरूमा प्रश्न सामना गर्ने आत्मविश्वास र साहस नभएको दाबी गरे ।
‘अहिलेको समसामयिक समाज र राजनीतिको चुनौती नै के हो भने प्रत्येक व्यक्तिभित्र डर र भय छ । उसले प्रश्नको सामना गर्न सक्दैन, उनले भने, भयलाई हटाउने कसरी ? प्रकाशले मात्र अँध्यारो हटाउन सके जस्तै भयलाई हटाउने ज्ञान हो । ज्ञान विश्वविद्यालयमा पढेर मात्र हुँदैन, आत्मचिन्तन हुनुपर्याे त्यसका लागि अध्ययन हुनुपर्याे ।’
सीके लालले विश्वविद्यालय एकपक्षीय सोच निर्माण गर्ने ठाउँ भएको भन्दै विश्वविद्यालयको भूमिकामै प्रश्न उठाए । अर्का राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालले नेपाली कांग्रेस पार्टीका प्रांगणमा उभिएर भन्दा बीपी र उनको विचारलाई पार्टीले अंगाल्न नसकेको बताए ।
सेसन संयोजक विश्वप्रकाश शर्माले बीपी आलोचना र प्रश्न चाहने नेता भएपनि वर्तमान राजनीति दल र उसका नेता पपुलिज्ममा रमाउन थाले भन्ने प्रश्नमा उनले त्यो कुरा नेपाली कांग्रेसकै नेताहरू आलोचना प्रश्न सुन्न चाहने चरित्र हावी भएको बताए । अहिले दलहरू र नेतामा अंहकार हावी भएको पनि बताए । प्राध्यापक कृष्ण खनालले बीपीको समयमा जस्तो चरित्र अहिले नभएको भन्दै अहिलेका पात्रहरूलाई बीपीसँग तुलना गर्नै नसकिने बताए ।
नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सवमा महामन्त्री विश्वप्रकाश शर्माले सञ्चालन गरेको सत्रमा वक्ताका रुपमा रहेका प्राध्यापक खनालले बीपीसँग तुलना गर्ने एउटा पात्र पनि अहिलेको राजनीतिमा नरहेको बताए ।
त्यसबेला प्रश्न उठाउनका लागि आग्रह गर्ने प्रधानमन्त्री बीपी र अहिलेका प्रश्न गर्नु पाउनुपर्छ तर हामी माथि होइन, अथवा मैले समर्थन गरेको व्यक्ति माथि होइन भन्ने प्रवृत्तिलाई कसरी तुलना गर्नु हुन्छ भन्ने प्रश्नमा प्राध्यापक खनालले यस्तो व्याख्या गरेका हुन् ।
“बीपी कोइरालाले आफ्नो आलोचना गरिदिनका लागि पत्रकारहरूलाई आग्रह गर्नुभएको थियो । तर, अहिले म प्रधानमन्त्री भइसके, अध्यक्ष-सभापति भइसके । मैले भनेको नमान्ने भनेर हप्काउने नेताहरू छन्,” प्रा. खनालले भने, “चरित्र गुमाएको राजनीतिका पात्रहरूमा बीपी खोज्न सकिँदैन ।” उनले बीपीसँग तुलना गर्न योग्य पात्र राजनीतिमा नरहेको बताए ।
साहित्य बुझ्नका लागि रचनागर्भ बुझ्न जरुरी रहेको भन्दै उनले बीपीलाई बुझ्न पनि त्यस समयको वास्तविकता बुझु्नुपर्ने बताए । उनले युवाहरूलाई बीपीलाई फेरि एकपटक अध्ययन गर्न सुझाव दिँदै अहिलेको राजनीतिलाई शुद्धीकरणतर्फ लैजाने माध्यम त्यही हुन सक्ने बताए । प्राध्यापक खनालले बीपीको विचार राजनीतिक दलले नबोक्ने भन्दै समाज सेवामा लागेका युवाहरूले अत्याधिक अध्ययन गर्न जरुरी रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउर्जामन्त्री दीपक खड्का भारत प्रस्थान
कात्तिक १८, २०८१ आइतबार
आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा मिलोसः सभामुख घिमिरे
कात्तिक १८, २०८१ आइतबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
कात्तिक १८, २०८१ आइतबार
सुरुभयो २०८१ सालको भाइटीका, दिनभर दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिन मिल्ने
कात्तिक १८, २०८१ आइतबार
प्लेट सेमिफाइनलमा ५ विकेटले युएईसँग नेपाल पराजित
कात्तिक १८, २०८१ आइतबार
अमेरिका–मेक्सिको सीमामा छुट्टिएका करिब २०० परिवार वार्षिक कार्यक्रममा छोटो समयका लागि पुनर्मिलन
कात्तिक १८, २०८१ आइतबार
वनहराको भूमिहीन शिविरमा छैन तिहारको रौनक
कात्तिक १८, २०८१ आइतबार
पछिल्लो सर्वेक्षणमा ट्रम्ममाथि ह्यारिस अगाडी
कात्तिक १८, २०८१ आइतबार
उर्जामन्त्री दीपक खड्का भारत प्रस्थान
कात्तिक १८, २०८१ आइतबार
हनुमानढोका दरबार क्षेत्र अवलोकन गर्दै पर्यटक
कात्तिक १८, २०८१ आइतबार
पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
कात्तिक १८, २०८१ आइतबार