नेपाललाई युक्रेन बनाउन खोजिएको विप्लवको तर्क
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १५:१९:१२
२५ भदौ, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाललाई विदेशी स्वार्थ शक्तिहरुले युक्रेनजस्तै अशान्त र युद्धभूमि बनाउन खोजेको बताएका छन् ।
समाजवादी मोर्चाले आज मोरङको विराटनगरमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै अकेरिकाले विकासको नाममा सहयोग देखाएर नेपाललाई पनि युद्धको चपेटामा पार्न खोजेको बताए ।
मुलुकको अस्मितामाथि ठेस पुग्ने कुनै किसिमका सहयोग नेपालीले अस्वीकार गर्ने बताउँदै केही अर्ब रकमको लोभमा मुलुकलाई विदेशी शक्तिको स्वार्थको क्रिडास्थल बन्न नदिने बताए । विकासका नाममा आउने कुनैपनि विदेशी सैन्य भूमिका नेपालीलाई अस्वीकार्य हुने बताए । नेपालमा आफ्नै मौलिकतामा आधारित समाजादी व्यवस्था स्थापनाका लागि मोर्चा गठन भएको उनको भनाइ थियो ।
सरकारले भ्रष्टाचार र तस्करीविरुद्ध अभियान थालेर राम्रो काम गरेको भन्दै आफूहरु जनताको साथ लिएर सडकबाट समर्थन गर्ने बताए । नेपाली जनता पूर्ण अधिकारका लागि एकपटक एकजुट भएर परिवर्तनका लागि क्रान्तिमा आउनुको विकल्प नरहेको उनले बताए ।
सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्नेछन् । मोर्चाले सात वटै प्रदेशमा सन्देश सभा गरेर सरकारको कामकारवाहीबारे सुसूचित गराउने काम गरिरहेको छ । यसअघि स्थगन भएको सुदूरपश्चिम प्रदेशको सन्देशसभा छिट्टै गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार