कोशी प्रदेशको नामाकरणलाई लिएर जातीय दंगा भड्काउन खोजिएको छ : प्रधानमन्त्री
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १७:११:४
२५ भदौ, काठमाडौं । सोमबार मोरङको विराटनगर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशको नामाकरणलाई लिएर जातीय दंगा भड्काउने किसिमका गतिविधि भइरहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रम प्रचण्डले सोमबार विराटनगरमा समाजवादी मोर्चाले आयोजना गरेको प्रदेश स्तरीय सन्देशसभालाई सम्बोधन गर्दै सरकारले थाले भ्रष्टाचार र अन्यायविरुद्धको अभियानलाई असफल तुल्याउने केही समूहले कोशी नाममा खेलिरहेको बताए । कोशी प्रदेशको नामकरण विषयमा उत्पन्न समस्या समाधान गर्न आफूले प्रयास गरिरहेको बताए ।
उनले प्रतिक्रियावादी, धार्मिक अतिवादी र गणतन्त्रविरोधहरुले प्रदेश नामाकरणलाई मुठभेडमा लैजान खोजेको बताए । प्रदेशको नाम विवाद समाधान दलहरु मिलेर मात्र हुने उनको भनाइ थियो । सरकारले काठमाडौंबाट भ्रष्टाचारविरुद्ध एक्सन जारी राखेको बेला पूर्वमा केही समूहले विभिन्न बहानामा चालबाजी गरिरहेको उनले बताए ।
उनले सरकार टिकिँदैन कि भन्ने डरले भ्रष्टाचारका फाइल खोल्न रोकिन्छ भन्ने आशंका नपाल्न समेत उनले आग्रह गरे । नक्कली शरणार्थी, बालुवाटारको ललिता निवास र सुन तस्करी काण्डका फाइल खोलेर भ्रष्टचारविरुद्ध ठूलाे अभियान चलाएदेखि नै सरकारविरुद्ध विभिन्न खेल र षडयन्त्र सुरु भएको बताए । उनले आफू अहिले हतियारबिनाको युद्धमा रहेको र यसमा जनताको साथ चाहिएको बताए । उनले सरकारमा रहेसम्म भ्रष्टाचारविरुद्ध अभियान कडाइसाथ अगाडि बढाउने बताए ।
सम्बाेधनका क्रममा उनले आसन्न चीन भ्रमणमा कृषि क्षेत्रको विकास र व्यापार घाटा कम गर्ने, नाकाहरू खोल्ने, चीनसँग विद्युत् व्यापारको ढोका खोल्ने विषयमा समझदारी हुने बताए ।
उनले एमाले अध्यक्षले सार्वजनिक रुपमा दिँदै आइरहेका कोशी प्रदेश नामाकरणबारे कडा अभिव्यक्तिप्रति लक्षित गर्दै सरकारले ‘इट्टाको जवाफ पत्थर’ले दिने बताउँदै हरेकले त्यही तरिका अपनाउन सहभागीहरुसँग अपिल गरे ।
कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै पहिचान पक्षधर संघसंस्थाहरुले चलाइरहेको आन्दोलनमा सरकारमा रहेका दलका कार्यकर्ता मिसिएर एमालेका नेताहरुलाई छानीछानी ढुंगा हानेको भन्दै ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीमाथि दोष लगाउँदै आइरहेका छन् । ओलील ढुंगा हान्नेलाई ‘आतंककारी’को संज्ञा समेत दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार