शिक्षण अस्पतालले भन्यो- ‘अस्पताल ल्याइपुर्याउँदा नेम्वाङको जीवनसम्बन्धी कुनै चाल थिएन’
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १४:२९:५१
२६ भदौ, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे त्रिवि शिक्षण अस्पतालले मंगलबार विज्ञप्ति निकालेको छ ।
अस्प्तालका कार्यकारी निर्देशक डा. सन्तकुमार दासले नेम्वाङलाई गएराति १ बजेर ५० मिनेटमा उपचारका लागि अस्पताल ल्याइपुर्याइएको जनाएका छन् । अस्पताल आइपुग्दा मुटुको चाल नभएको र आँखाको नानी फुलिसकेको अवस्था रहेको प्रष्ट्याएका छन् ।
नेम्वाङलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था जाँच गरेका थिए । चेकजाँच गर्दा रक्तचाप (बीपी) र पल्स (चाल) रेकर्ड गर्न हुन नसकेको जनाइएको छ । चिकित्सकहरुले ३५ मिनेटसम्म सी.पी.आर. गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बालुवाटारस्थित नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । परिवारका सदस्यहरुले थाहा पाएर त्रिवि शिक्षण अस्पताल पुर्याएका थिए । चिकित्सकका अनुसार नेम्वाङको मुटुको चाल अस्पताल ल्याइपुर्याउनु पहिल्यै बन्द भइइसकेको थियो । अस्पतालले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
सरकार मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २२, २०८१ सोमबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार