नेम्वाङको निधनप्रति बाबुरामले भने- ‘एउटा असल मान्छे छिट्टै जानुभयो’
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १५:२:९
२६ भदौर, काठमाडौं । नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले नेता एवं सांसद सुवासचन्द्र नेम्वाङलाई असल मान्छेको रुपमा स्मरण गरेका छन् ।
मंगलबार सामाजिक संजालमा सन्देश लेख्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले संविधान निर्माणका बेलामा काम गर्दाका नेम्वाङसँगका मुख्य ३ दिन सधैं सम्झनामा रहिरहने बताएका छन् । उनले नेम्वाङ एउटा असल मान्छे भएको तर छिटै बिदा भएको उल्लेख गरेका छन् ।
‘संविधान निर्माण गर्दाका ती दिन सधैं सम्झनामा रहिरहनेछन्, एउटा असल मान्छे छिटै जानुभयो। अलविदा सुवासजी !’ भट्टराईले फेसबुकमा नेम्वाङसँगकाे तस्बिर पाेष्ट गर्दै स्टाटस लेखेका छन् । २०६४ को पहिलो संविधानसभाको कार्यकालको अन्तिमतिर प्रधानमन्त्री बनेको भट्टराईले २०७० मंसिरमा दोस्रो संविधानसभा आयोजनापूर्व पूर्वप्रन्या खिलराज रेग्मीलाई मन्त्रिपरिषद अध्यक्ष बनाएर प्रधानमन्त्री पद त्याग गरेका थिए । रेग्मीले नै दोस्रो संविधानसभाको निर्वाचन गराएका थिए । दोस्रो पटक गठित संविधानसभाले २०७२ असोज ३ मा वर्तमान संविधान जारी गरेको थियो ।
पहिलो र दोस्रो संविधानसभामा नेम्वाङ सभामुख थिए । संविधान घोषणा गर्दा कांग्रेसका तत्कालीन सभापति सुशिल कोइराला नेतृत्वको सरकार थियो ।
पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य समेत रहेका एमालेका उपाध्यक्ष नेम्वाङको हृदयघातबाट गएराति निधन भएको थियो । बालुवाटारस्थित घरको ट्वाइलेटमा ढलेका अवस्था उद्धार गरी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुर्याउँदा चिकित्सकले ३ बजे मृत घोषणा गरेका थिए । नेम्वाङको निधन अस्पताल ल्याइपुर्याउन पहिल्यै भइसकेको अवस्था पाइएको अस्पतालले आज एक प्रेस विज्ञप्ति निकालेर स्पष्ट पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक १३ गते
असार ११, २०८१ मंगलबार
महाधिवेशन नगरे पद छोडेर घर जान भ्रातृ संस्थालाई महामन्त्री थापाको आग्रह
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार