तीजको अवसरमा विश्व कीर्तिमानी कल्पनाले गराइन् क्लाइम्बिङ [ फोटोफिचर ]
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १६:४२:३
२६ भदौ, काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जनले उपत्यकाभित्रका महिलाहरुलाई क्लाइम्बिङ।गराएकी छिन् । काठमाडौंको धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्पोटर्स क्लाइम्बिङमा कल्पनाले तीजको अवसरमा विभिन्न विधाका व्यक्तिहरुलाई सहभागी गरएकी हुन् ।
संस्कृति र साहस सँगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा महिलालाई क्लाइम्बिङ गराइएको हो । महिलाहरुले त्यहाँ रहेको स्पोर्टस् क्लाइम्बिङमा क्लाइम्बिङ गरेका थिए । साथसाथै तीजको गीतमा नाचेर रमाइलो पनि गरेका थिए ।
तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु गरिएको कल्पनाले बताइन् । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाइम्बिङ अभ्यास गराउने कार्यक्रम तय गरिएको उनले जनाइन् ।
माउन्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो । कार्यक्रममा सफल महिला समूहका महिला दिदीबहिनीहरु, भास्सरा मा।विका विद्यार्थीहरुको साथै ललितपुर महानगरपालिका वडा नं. २३ का बाल क्लबहरुका भाइबहिनीहरु सहभागी भएका थिए । सहभागीहरुले क्लाईम्बिडको अनुभव लिनुका साथै रमाइलो गरेर तीज मनाएका थिए ।
नेपालमा भइरहेको आरोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यत्रमाको नाम नै तीज अन द वाल राखिएको जनाइएको छ ।
आरोही कल्पना महर्जनले विगत केही वर्षदेखि नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको उपलक्ष्यमा यसरी नयाँ पुस्तालाई नेपाली संस्कृतिको महत्व बुझाउँदै सिकाउँदै साहसिक बन्न प्रेरणा दिँदै आइरहेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
वायु प्रदूषणमा काठमाडौं तेस्रो स्थानमा उक्लियो
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार