भारोत्तोलन खेलाडी विष्टले बनाए नयाँ राष्ट्रिय कीर्तिमान
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार ११:५३:४
२७ भदौ, काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले आईडब्लुए वर्ल्ड च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । साउदी अरबको रियादमा जारी खेलमा उनले पुरुष ९६ केजी तौल समूहमा स्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीनवटा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
नेपाल भारोत्तोलन संघका अनुसार विशालले स्न्याचतर्फ १२६ केजी, क्लिन एण्ड जर्कमा १६५ केजी र समग्रमा २९१ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । विशालले आफ्नै नाममा रहेको तीनवटै कीर्तिमान सुधार गरेका हुन् ।
विशालले यसअधि गत वर्ष पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा विशाल सिंहले ब्याचमा १२० केजी, क्लिन एण्ड जर्कमा १६१ र समग्रमा १८१ केजीको कीर्तिमान बनाएका थिए । १६ वर्षपछि नेपालले वर्ल्ड भारोत्तोलन च्याम्पियनसिपमा भाग लिन नेपाललबाट ५ खेलाडी सहभागी छन् । सागर भण्डारीको प्रतिस्पर्धा बाँकी छ । उनले पुरुष १०९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, महिला खेलाडीद्वय टिकामाया गुरुङ र शारद चौधरीको प्रतिस्पर्धा सकिसकेको छ । महिला खेलाडीतर्फ राष्ट्रिय कीर्तिमान कायम सकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार