धरानका उपमेयर बेघाको घर तोडफोड : युवा समूहबीचको ग्याङफाइटको परिणाम !
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १३:३५:११
२७ भदौ, काठमाडौं । मंगलबार साँझ धरानका उपमेयर अइन्द्रविक्रम बेघाको धरान उपमहानगरपालिका–१५ खिरियास्थित निवासमा भएको तोडफोड घटना दुई समूहबीचको ग्याङफाइटको परिणाम भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
साँझ एक हुल युवा प्रवेश गरेर बेघाको घर तोडफोड गरेको थिए र उनका भाइ विष्णुमाथि कुटपिट गरेका थिए । समूहमा रहेका केही युवाले धारिलो हतियारसमेत प्रहार गरेको पीडित पक्षको आरोप छ ।
घटनापछि पुगेको प्रहरीको टोलीले घटना दुई समूहका युवाहरुबीचको ग्याङ फाइटको परिणाम भएको पाइएको जनाएको छ । घटनामा कुनै राजनीतिक, सामाजिक कारण नरहेको प्रहरुीले जनाएको छ । प्रहरीले दुई युवा समूहका गरी ८ जनालाई हिजै पक्राउ गरेर अनुसन्धान जारी राखेको छ । पक्राउ पर्नेमा विष्णु बेघावाई पनि पक्राउ गरिएको छ । तोडफोड भएपछि बेघाले नै प्रहरीलाई खबर गरेका थिए ।
दिउँसो बेघा सहितको युवा समूहले धरान १५ सूर्यबस्तीका सन्देश राईमाथि कुटपिट गरेको र त्यसपछि बदलामा बेलुका घरैमा पुगेर अर्को समूहले आक्रमण गरेको पाइएको छ ।
घटनालाई राजनीतिक वा जाति विशेषको रङ नदिन पनि प्रहरीले आग्रह गरेको छ । माओवादी केन्द्रबाट उपमेयरमा निर्वाचित बेघामाथि राजनीतिक प्रतिशोधको आरोप लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार