प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणालीमा जाऔं : अध्यक्ष लिङदेन
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १७:५६:०
२७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् ।
पार्टीले बुधबार ठूला भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै गरिएको काठमाडौं उपत्यका केन्द्रित प्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै विद्यमान शासकीय प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कार्यकारी रहने र अभिभावकको भूमिका राजासहितको राजसंस्थालाई दिने गरी व्यवस्था परिमार्जनका लागि प्रस्ताव राखे । उनले पछिल्लो समयमा १२ बुँदे दिल्ली सम्झौताले मुलुकलाई कमजोर बनाउँदै लगेको टिप्प्णी गरे ।
उनले ०६२/६३ को राजनीतिक परिवर्तनपछि ठूला राजनीतिक दलहरु दिल्लीको भरिया बनेको आरोप लगाए । १२ बुँदे सम्झौताले देशलाई देशलाई दुर्घटनामा लैजाने बताए । दुर्घटनाबाट बचाउन दलहरुबीच नयाँ सम्झौता गरेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए । नयाँ सम्झौतामा राजालाई कुनै न कुनै किसिमबाट स्पेश दिएर जानुपर्ने उनको भनाइ थियो ।
विरोधसभा बोल्ने वक्ताहरुले राजालाई संविधानमा जनताको पक्षमा काम गर्ने गरी अधिकारी दिएर अभिभावकको रुपमा ल्याउनुपर्ने, मुलुकलाई हिन्दू राष्ट्र घोषण गर्नुपर्ने धारणा थिए । उनीहरूले संघीयता हटाउनुपर्ने बताएका छन् ।
उनले संघीयताले राष्ट्रिय ऋण बढाएको बताउँदै ऋणमा पनि ठूला दलहरुले भ्रष्टाचार गरेर देशलाई आर्थिक संकटको डिलमा पुर्याइरहेको बताए । सरकारले ठूला भ्रष्टाचार काण्डका फाइल खोलेको दाबी गरेपनि अन्तिममा सामसुम बनाउन उनीहरु एक ठाउँमा उभिएको देख्दा जनता निराश बनेको बताए ।
‘जतिसुकै ठूला भ्रष्टाचार काण्डमाथि छानबिन गरेको धाक लगाएपनि अन्तिममा सामुससुम पार्ने र खाने काममा ठूला दलहरु एकै ठाउँमा जुटेका छन्’ अध्यक्ष लिङदनले भने, ‘यसो भएपछि जनता र देशलाईे न्याय दिने काम राजसंस्था बाहेक कसैबाट हुन सक्दैन ।’
राजसंस्था पुनःस्थापनाको पक्षमा सदन र सडकबाट आवाज उठाउनेमा राप्रपा अग्रपंक्तिमा रहँदै आएको छ । ठूला दलहरु प्रत्यक्ष कार्यकारी प्रणाली जान इच्छुक देखिएपनि खुलेर बोल्न सकेका छैनन् । यद्यपि संघीयता खारेजीको पक्षमा भने राप्रपा र जनमोर्चाबाहेक सबै दल एक ठाउँमा उभिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच भेटवार्ता
असोज ८, २०८१ मंगलबार
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
असोज ८, २०८१ मंगलबार
क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
किन फ्लप भयो नेपालको ब्याटिंग ?
असोज ८, २०८१ मंगलबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
हाकिमको आदेशविना ५० लाख झ्वाम, पत्याउनै कठिन
असोज ८, २०८१ मंगलबार
ट्रम्प भन्छन् - राष्ट्रपतिमा यस पटक हारे भने फेरी उम्मेदवार बन्दिन
असोज ८, २०८१ मंगलबार
बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म
असोज ८, २०८१ मंगलबार
परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच भेटवार्ता
असोज ८, २०८१ मंगलबार