आफ्नै छात्रालाई करणी गर्ने शिक्षकलाई १२ बर्ष जेल सजायँ
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार ७:३८:२२
२८ भदौ, लमजुङ । आफ्नै छात्रालाई करणी गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङको राइनास नगरपालिकाका ९ का प्रकास थापालाइ लमजुङ जिल्ला अदालतले १२ वर्षको कैद सजाय हुने फैसला सुनाएको छ ।
तिनै बालिकालाई बलात्कार गरेको भनि परेको अर्को मुद्दामा सोही ठाउँका अर्जुन विक्रम थापालाइ पनि जिल्ला अदालतले १२ वर्ष कैद हुने फैसला गरेको छ । छुट्टा छुट्टै घटनामा फरक फरक ब्यक्तिबाट पीडित भएकी ती बालिकालाई अभियुक्तहरूबाट जनही २ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।
२०७७ माघमा भएको बलात्कारको घटना २०७८ जेठ १८ मा सार्वजनिक भएपछि प्रहरीले राइनास नगरपालिकाको वडा नंं ९ मा रहेको भैरब माविका शिक्षक प्रकाश थापालाइ पहिलोपटक पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै प्रहरी कार्यालयमा बालिकासहित छलफल गराइएकोमा दबाबमा बालिकाले आरोप झुटो रहेको बताएपछि थापा रिहा भइ पुनः विद्यालयमा कार्यरत रहे ।
उनी पुनः विद्यालयमा बहाल रहेपछि विद्यालय ब्यवस्थापन समिति र अभिभावकहरू शिक्षक थापालाई कारबाही गर्नुपर्ने भन्दै प्रशासन र प्रहरीमा समेत गएका थिए । विद्यालयका अध्यक्ष नै शिक्षकको विरोधमा उत्रे पछि शिक्षकहरू मिलेर विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाइ कारबाही गर्नुपर्ने भन्दै विद्यालयको पठनपाठन नै अवरूद्ध गरेर आन्दोलनमा उत्रिएका थिए । उक्त घटनामा अन्यत्र बिरलै हुने एक आपसमा आरोप प्रत्यारोपको अनौठो सिलसिला नै चलेको थियो ।
पछि पीडित बालिकालाई अभियुक्तले मानसिक दबाब दिएर बयान फेर्न लगाइएको ठहर गरी बाल अधिकारकर्मीहरूको सहयोगमा मनोविमर्श प्रदान गरिएपछि पुनः २०७८ भदौ १ मा ती बालिकाले प्रकाश थापाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।
सो क्रममा ती बालिकाले आफूलाइ राइनास ९ कै अर्जुन बिक्रम थापालेसमेत पटक पटक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले तुरून्तै अर्जुन बिक्रम थापालाइ पक्राउ गरेको थियो । शिक्षक प्रकाश थापा भने भूमिगत भएका थिए । विद्यालयका शिक्षकहरूको कासमु बुझाउन काठमाडौं गएको बताइए पनि उनी लमजुङमै लुकेर बसेकामा किटानी जाहेरी परेको १४ दिनपछि पक्राउ परेका थिए ।
प्रहरीले पीडित बालिकाको किटानी जाहेरीका आधारमा दुवै आरोपी बिरूद्ध छुट्टा छुट्टै मुद्दा दायर गरेको थियो । लमजुङ जिल्ला अदालतको फैसलापछि दुवै जना कारागार चलान भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
अमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
आइतबार ५ अंकले बढेर २५९१ मा बन्द भयो नप्से, ४ अर्ब ८६ करोडका शेयर खरिदबिक्री
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार