राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १६:४८:२३
२९ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत डा. अर्चना अमात्य, डा. गीता शाक्य, डा. मीता सिंह, डा. कोकिला वैद्य र डा. प्रमिला प्रधान सो सम्मान अर्पण गरिएको हो ।
यसैगरी राष्ट्रपति पौडेलले डा. दिव्यश्वरी श्रेष्ठ, डा. लता बज्राचार्य, डा. शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा. गीता कार्की राना लाई ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरे । सम्मानित चिकित्सकलाई ट्रफी, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षाजस्ता संविधानले नै नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरेको विषयका आधारभूत सेवालाई प्रभावकारी रुपमा कार्यान्वन गर्न सरकार सदैव प्रयत्नशील रहेको बताए ।
उनले स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा पर्याप्त दरबन्दी आवश्यक रहेको र मुलुकमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति तयार गर्न बेलैमा ध्यान दिन सक्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्की र सम्मान छनोट समितिका संयोजक एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व सचिव किरण रेग्मीले पनि सङ्घले गर्दै आएका कार्यबारे प्रकाश पारेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार