एसएसपी पाललाई कारबाहीको सिफारिसमा प्रहरीकाे कानुन विभागले आलटाल गर्दै
नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार १३:१:१४
३१ भदाै, काठमाडौं । नेपाल प्रहरीमा तीन महिनाअघि निलम्बनमा परेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई कारबाहीको सिफारिस भएपनि प्रहरी कै कानुन विभागले आलटाल गरेको छ । महिला सहकर्मीलाई यौनहिंसा गरेको ठहर गर्दै उनलाई दुई साता अघि नै कारबाहीको सिफारिस गरिएको थियो ।
सो विषयमा छानविन गर्न बनेको समितिले महिला हिंसा गरेको ठहर गर्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई प्रतिवेदन बुझाइसकेको छ । प्रहरी महानिरीक्षकसहितको एउटा टोली अहिले कोरिया भ्रमणमा रहेको छ । सो टोली अबको ५ दिनपछि मात्रै नेपाल आइ पुग्नेछ । महानिरीक्षक नेपाल आएपछि मात्रै कारबाही प्रकृया अघि बढ्ने बताइएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनाली नेतृत्वको छानविन समितिले एससएपी पालले यौनहिंसा गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाइसकेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
सो प्रतिवेदन अहिले प्रहरी प्रधान कार्यालयको कानुन शाखामा पुगेको छ । कानुन शाखाले प्रतिवेदन अध्ययन गरिसकेपछि बल्ल पालमाथिको कारबाही प्रक्रिया अघि बढ्ने बताएर प्रकृया नै अघि बढाएको छैन । ‘डीआईजी मैनालीले प्रतिवेदन बुझाएको दुई साता भयो तर अझै कारबाहीको प्रकृया अघि बढेको छैन’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । छानबिन समितिले प्रहरी आचारसंहिता तथा प्रहरी नियमावली विपरितको काम गरेको, आफ्नै सहकर्मी महिलालाई यौनहिंसा गरेको पुष्टि भएको कुरा प्रतिवेदनमा उल्लेख गरेको छ ।
आफ्नै सहकर्मी महिलामाथि कार्यकक्षमै यौनहिंसा गरेको पुष्टि भएपछि बर्खास्तसम्मको प्रस्ताव गर्दै प्रतिवेदन पेस गरिएको छ । छानविनको क्रममा विभिन्न व्यक्तिसँग सोधपुछ गर्दा तथा पीडित स्वयं महिलासँग सोधपुछ गर्दा यौन हिंसा गरेको पुष्टि भएको समितिले उल्लेख गरेको छ । समितिले गरेको ३ महिना लामो अनुसन्धानका क्रममा यौन हिंसाको पुष्टि गरेको हो । सुदूरपश्चिमको महेन्द्रनगर स्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेका थिए ।
घटनाक्रम अनुसार एक महिला हवल्दार गत जेठ १९ मा घर बिदा स्वीकृत गराएर बिदामा बस्न लागेकी थिइन् । बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एससएपी पाललाई जानकारी गराएपछि उनले आफ्नै कार्यालयमा बोलाएर दुर्व्यवहार गरेका थिए । बिदा स्वीकृत भएको जानकारी पाएपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनु भन्दै आदेश दिएको र क्वार्टरमा आएपछि दुर्व्यवहार गरेका थिए । सञ्चार सेटमा खबर पाएपछि ती महिला कर्मचारी एसएसपी बसेको क्वार्टरमा पुगेकी थिइन् । क्वार्टरमा एसएसपीले महिला हवल्दारलाई भनेका थिए, ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं ।’
एसएसपीले यस्तो प्रस्ताव गरेपछि ती महिलाले प्रतिवाद गरेकी थिइन । त्यसबारे ड्युटी अफिसरलाई जानकारी गराएकी थिइन् । पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी गरेपछि मात्रै घटना बाहिर आएको थियो । त्यसपछि प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको थियो । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धानका विभागका डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा समिति बनाएर छानबिन प्रक्रिया अघि बढाएको थियो ।
हाल उनी निलम्बनमै रहेका छन् । मैनालीको नेतृत्वमा समिति बनेपछि एसपी र एक महिला डीएसपीलाई दुई साता अघि घटनाबारे बुझ्न महेन्द्रनगर पठाइएको थियो । राष्ट्रिय अनुसन्धान विभाग (राअवि)मा बाट नेपाल प्रहरीमा सेवा परिवर्तन गरेका पाल महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत रहँदा कारबाहीमा परेका थिए । यसबाहेक सोलुखुम्बुको इन्चार्ज भएको बेलामा त पालमाथि गम्भीर आरोप नै लागेको थियो । धादिङमा हुँदा पनि उनी विवादमा आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार