सरकार र स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता
नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार २१:८:५७
३१ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलन स्थगित भएको छ । सरकार र आन्दोलनकारी चिकित्सकहरुबीच ६ बुँदे सहमति भएपछि आन्दोलनका स्थगित गरिएको हो । सरकारद्वारा गठित वार्ता समितिसँग भएको सम्झौता कार्यान्वयन नभए पुन आन्दोलन गर्ने संघको चेतावनी छ ।
गत भदौ २७ गतेका दिन संघका आजीवन सदस्य द्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएपछि संघ ७ बुँदे माग राखेर देशभर आन्दोलनमा उत्रिएको थियो ।
हेटौँडास्थित सन्चो अस्पतालका दुई जना डाक्टरमाथि कुटपिट भएको विरोधमा चिकित्कसहरू आन्दोलित भएका थिए । आज उनीहरूले देशभर सेवा ठप्प पारेका थिए ।
घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन २०७९) बमोजिम कारबाही गर्ने र उक्त ऐन कार्यान्वयनका लागि नेपाल सरकारका सरोकारवाला निकायहरू प्रतिबद्ध रहने भएकाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ ।
सुरक्षाको जिम्मा लिएको सरकारले यस संघसँग गरिएका सम्झौता अक्षरशः पालना नगरेको अवस्थामा जुनसुकै समयमा पुनः कडा भन्दा कडा कार्यक्रमसहित आन्दोलनमा उत्रन बाध्य हुने चिकित्सक संघले चेतावनीसमेत दिएको छ । आन्दोलनलाई सफल तुल्याउन विशेष योगदान पुर्याउने देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल तथा मेडिकल कलेजहरू, नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरू, सम्पूर्ण विशेषज्ञ समाजहरू, सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई संघले धन्यवाद ज्ञापन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप
असोज ७, २०८१ सोमबार
दुर्गा प्रसाई अस्पताल भर्ना
असोज ७, २०८१ सोमबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ
असोज ७, २०८१ सोमबार
अपडेट : लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु
असोज ७, २०८१ सोमबार
संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूत श्रीवास्तवद्वारा कला प्रदर्शनी अवलोकन
असोज ७, २०८१ सोमबार
गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत
असोज ७, २०८१ सोमबार
सुक्खा पहिरोमा परी एक महिला बेपत्ता
असोज ७, २०८१ सोमबार
सर्लाहीमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु
असोज ७, २०८१ सोमबार