गैह्रीगाउँकाे सामुहिक हत्याकाण्डमा ज्यान गुमाएका विशालका दाजु दीपेन्द्र राई रिहा
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार १४:३५:२४
१ असोज, काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँको दिव्य समिलमा शुक्रबार राति भएको सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ । हत्यामा उनको कुनै संलग्नता रहेको नखुलेपछि रिहा गरिएको हो ।
प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । उनलाई आइतबार पक्राउ सार्वजनिक गरिसकेको छ ।
घटनाबारे प्रहरीकहाँ खबर गर्न आइपुगेका दीपेन्द्रलाई कपडामा रगत लागेको अवस्थामा पाइएपछि आशंका घटना भएकै रातदेखि हिरासतमा राख्दै आइरहेको थियो । तर अनुसन्धान गर्दा दीपेन्द्रको कुनै कोणबाट हत्यामा संलग्नता पुष्टि नभएपछि रिहा गरिएको प्रहरीले जनाएको छ ।
भदौ २९ गते राति ११ः५५ बजेको समयमा काठमाडौं–३२ तीनकुनेस्थित उक्त समिलमा भएकाे उक्त घटनामा ५५ वर्षीय पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, कुमारकी वर्ष ७२ की आमा शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका नवीन भन्ने २० वर्षीय विशाल राईको हत्या भएको थियो । हत्या गरिएका विशाल र रिहा भएका दीपेन्द्र नाताले दाजुभाइ हुन् । राति अबेला काेठा पुगेका दीपेन्द्रले घटना देखेपछि राति नै ‘तिनीहरूले मेराे भाइलाइ मार्याे’ भन्दै प्रहरीलाई खबर गर्न पुगेका थिए । तर प्रहरीले घटनाका दाेषीलाई पक्राउ गरेसँगै उनलाई रिहा गरेकाे हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार