विद्यालयमा पठनपाठन बन्द गर्ने प्रधानाध्यापक र शिक्षकलाई काठमाडौं महानगरले कारवाही गर्ने
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार १३:२२:२०
३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले आन्दोलनका नाममा विद्यालय बन्द गरेको पाइए विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई कारवाही गर्ने निर्णय गरेको छ ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका छन् । तर, सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सरकारले ल्याएको शिक्षा विधेयकले अन्याय थोपरेको भन्दै अस्वीकार घोषणा गर्दै देशभरका सामूदायिक विद्यालयका शिक्षक आन्दोलनमा सहभागी भएका छन् । आन्दोलनमा नगएका शिक्षकहरुले समेत पठनपाठन बन्द गरेका छन् ।
सोही विषयमा देशभरका विभिन्न स्थानीय तहले आन्दोलनका नाममा विद्यालय बन्न गरिए त्यस्ता विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई कारवाही गर्ने चेतावनी दिँदै आएको छ । सोही क्रममा काठमाडौं महानगरपालिकाले पनि बैठक बसेर विद्यालय बन्द गर्ने प्रधानाध्यापक र शिक्षकलाई जागिरबाट निष्कासन गर्नेसम्मका निर्णय लिएको छ ।
विद्यालय बन्द गरेर विधेयकप्रति असन्तुष्ट जनाउने काम महानगरपालिकालाई स्वीकार्य नहुने महानगरपालिकाका प्रवक्ता नवीन महर्जनले बताए । सार्वजनिक बिदा नभएको दिन
विद्यालय बन्द भए प्रधानाध्यापक र शिक्षकलाई कारवाही गर्ने महानगरको निर्णय रहेको उनले बताए ।
अहिले नयाँबानेश्वरस्थित संसद भवन अगाडि देशभरबाट जम्मा भएका शिक्षक शिक्षिकाहरुले विधेयकलाई शिक्षकमैत्री बनाउन माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । आन्दोलनको नेतृत्व नेपाल शिक्षक महासंघले गरिरहेको छ । माग पूरा नभएसम्म शिक्षकहरु नियमित अध्यापनमा नफर्किने धारणा महासंघको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार